आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत सकियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २१ २०८१
images
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत सकियो

फुटेको पाइपलाइन बुधबार बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए।

images
images

काठमाडौं- थापाथलीमा हिजो मंगलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ।

images
images
images

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बुधबार बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए।

images
images

थापाथलीमा खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।

images
images

खानेपानीसँग सम्बन्धितबाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ। कहिलेकाहिँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ। रासस


प्रकाशित : बुधबार, फागुन २१ २०८११०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend