आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरे‍सन थिएटर भवन शिलान्यास

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २० २०८१
images
तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरे‍सन थिएटर भवन शिलान्यास

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४.३३१ करोड रुपैयाँ परियोजना लागतमा राप्ती आँखा अस्पतालको अपरे‍सन थिएटर भवन निर्माण भइरहेको छ।

images
images

काठमाडौं- दाङको तुलसिपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरे‍सन थिएटर भवन निर्माणको शिलान्यास गरिएको छ।

images
images
images

आज मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गरे। यस अवसरमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो।

images
images

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४.३३१ करोड रुपैयाँ परियोजना लागतमा राप्ती आँखा अस्पतालको अपरे‍सन थिएटर भवन निर्माण भइरहेको छ।

images
images

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदानबाट अपरे‍सन थिएटर भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माण भइरहेको छ। यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा अघि बढेको छ र तुलसीपुर उप-महानगरपालिका, दाङ मार्फत कार्यान्वयन भइरहेको छ।

तुलसीपुर उप-महानगरपालिका, दाङका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरे। उनीहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु (एचआईसीडीपी) अघि बढाइएका छन् र ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन्।

यीमध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन्। यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। जसमध्ये लुम्बिनी प्रदेशमा १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ।

यीमध्ये दाङमा १९ वटा एम्बुलेन्स र ४ वटा स्कूल बस उपहारस्वरुप प्रदान गरिएको छ। जसमा दाङको राप्ती आँखा अस्पताललाई प्रदान गरिएको एउटा एम्बुलेन्स समावेश छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको (एचआईसीडीपी) कार्यान्वयनले प्राथमिकता क्षेत्रहरूमा पूर्वाधारको विस्तार गरी जनताको विकासका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ। 


प्रकाशित : मंगलबार, फागुन २० २०८११८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend