आइतबार, चैत ३ गते २०८१    
आइतबार, चैत ३ २०८१
images
images

सरकार र उद्योगीबीच ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २० २०८१
images
images
सरकार र उद्योगीबीच ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति

सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रूपैयाँ ७५ पैसा पुगेको छ।

images
images

काठमाडौं- सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच पाँचबुँदे सहमति भएको छ।

images
images

आज मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको मूल्य १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन्।

images
images

सहमतिको १ नम्बर बुँदामा भनिएको छ, 'मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीलाई जानकारी गराइयो।'

images
images

सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रूपैयाँ ७५ पैसा पुगेको छ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो। 


प्रकाशित : मंगलबार, फागुन २० २०८११८:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend