आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २० २०८१
images
मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

'पाइप फुटेर क्षति भएको छ। के कारणले पाइप फुटेको हो। त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ।'

images
images

काठमाडौं- काठमाडौंको थापाथली चोकनजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ। आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ।

images
images
images

थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

images
images

उनले भने, 'पाइप फुटेर क्षति भएको छ। के कारणले पाइप फुटेको हो। त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ।'

images
images

थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ।

यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न  थियो। त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए।

पाइप के कारणले फुटेको हो छानबिन गर्छौँ : कार्यकारी अधिकृत पौडेल

काठमाडौंको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेका विषयमा छानबिन गरिने भएको छ। थापाथलीमा के कारणले आज पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाउन छानबिन गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

उनले भने, 'पाइप फुटेर क्षति भएको छ। के कारणले पाइप फुटेको हो। त्यसको एकीन कारण पत्ता लगाउन छानबिन गर्छौँ, छानबिनपश्चात पाइप मर्मत गरी पानी वितरण गरिने छ।'

बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो। रासस


प्रकाशित : मंगलबार, फागुन २० २०८११०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend