आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

गुल्मीको पनाहा खोलामा ५ करोडको लागतमा पक्की पुल निर्माण

images
सोमबार, फागुन १९ २०८१
images
गुल्मीको पनाहा खोलामा ५ करोडको लागतमा पक्की पुल निर्माण

पुल निर्माण भएपछि यतिबेला त्यस क्षेत्रका नागरिकलाई अब जोखिमपूर्ण यात्रा गर्न नपर्ने भएको छ।

images
images

गुल्मी- गुल्मीको पनाहा खोलामा ५ करोड ६ लाख रूपैयाँ लागतमा पुल निर्माण भएको छ। सडक डिभिजन कार्यालय पाल्पाको ५ करोड ६ लाख रूपैयाँ लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो। 

images
images
images

पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकलाई थप राहत मिलेको छ। जिल्लाको रेसुंगा नगरपालिका-४ र इस्मा गाउँपालिका-२ को संगमस्थल पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि दुई पालिकाबीच आवतजावत गर्न सहज भएको छ। 

images
images

पुल निर्माण भएपछि यतिबेला त्यस क्षेत्रका नागरिकलाई अब जोखिमपूर्ण यात्रा गर्न नपर्ने भएको छ। ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले पुल निर्माणको काम सम्पन्न गरेको हो।

images
images

रेसुंगा नगरपालिका-४ देखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म पुलले मानिसलाई आवतजावत गर्नका लागि थप सहज बनाएको स्थानीय कमला पन्थीले बताइन्।

पक्की पुल नहुँदा बर्सातको समयमा आधा घण्टाको दुरी पार गर्न डेढ घण्टाको लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको र पुल बनेपछि सो समस्या समाधान भएको स्थानीय टंकप्रसाद श्रेष्ठले बताए। 'अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो भएको छ, बर्सातको समयमा खोला तर्दा बगाउलाकी भन्ने डर हुन्थ्यो, अब निकै सजिलो भयो,' उनले भने। रासस


प्रकाशित : सोमबार, फागुन १९ २०८११२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend