सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

विपन्न दलित महिलालाई स्वरोजगार बनाउन अनुदान, पशुपालन र सीपमूलक व्यवसायमा लगानी

images
सोमबार, फागुन १९ २०८१
images
images
विपन्न दलित महिलालाई स्वरोजगार बनाउन अनुदान, पशुपालन र सीपमूलक व्यवसायमा लगानी

नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवर्द्धन परियोजनाबाट उनीहरूलाई सो रकम अनुदान दिइएको हो।

images
images

गोदावरी- कैलालीका दुई पालिकामा समूहका विपन्न दलित महिलालाई आयआर्जन गरी स्वरोजगार बनाउन अनुदान रकम वितरण गरिएको छ। 

images
images

दलित महिला संघ (फेडो) कैलालीले धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाका-१० वटा समूहका २९ जना विपन्न दलित महिलालाई तीन/तीन लाखका दरले अनुदान रकम वितरण गरेको हो।

images
images

नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवर्द्धन परियोजनाबाट उनीहरूलाई सो रकम अनुदान दिइएको हो। उक्त रकमबाट दलित तथा विपन्न महिलाले स्थानीयस्तरमा उद्यमशील बनी आत्मनिर्भर बन्ने कोसिस गरिरहेको दलित महिला संघका अध्यक्ष सविना सुनारले बताइन्।

images
images

महिलाले सो रकम कुखुरापालन, खुद्रा पसल, बाख्रापालन, बंगुरपालनलगायत अन्य सीपमूलक व्यवसायमा लगानी गरेको उनको भनाइ छ। परियोजनाबाट व्यवसाय सञ्चालन सहयोग र ङ्याचिगम सहयोग गरी प्रतिव्यक्ति १५ हजारदेखि ३५ हजार रूपैयाँसम्म अनुदान दिइएको अध्यक्ष सुनारले जानकारी दिइन्।

अनुदान रकम थोरै भए पनि विपन्न महिलाले सानो सानो उद्यम गरी आफूलाई स्वरोजगार बनाउन सहयोग पुग्ने जनाइएको छ। रकम दिनुअघि संस्थाले उनीहरूलाई उद्यमशीलता विकास तालिम, व्यावसायिक योजना निर्माणलगायतका सीप प्रदान गरेको अध्यक्ष सुनारको भनाइ छ।

दुवै पालिका तथा वडास्तरीय जनप्रतिनिधिको रोहवरमा वितरण गरिएको सो अनुदान रकम समूहको बीउपुँजीका रूपमा रहने र बढीमा एक वर्षपछि घुम्ती कोषका रूपमा अन्य व्यवसाय गर्ने सदस्यलाई समूहले निर्णय गरी प्रदान गरिने कार्यक्रम संयोजक विनोदकुमार घिमिरेले बताए।

जसबाट समूहको बचत कोषको प्रवर्द्धन भइ समूहका प्रत्येक सदस्यलाई आर्थिक गतिविधि सञ्चालन गर्न मद्दत पुग्ने विश्वास लिइएको उनले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, फागुन १९ २०८११२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend