सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

images
सोमबार, फागुन १९ २०८१
images
images
रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका-१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको लेक लागेर मृत्यु भएको हो।

images
images

मुगु- नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ।

images
images

रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका-१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए।

images
images

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए। चेकजाँचपछि 'शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस्' भन्दा उनले नमानेको अस्पतालले जनाएको छ।

images
images

चेकजाँचपछि सल्लेरी फर्किएको तर सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएका थिए। अस्पताल पुग्दा उनको मृत्यु भइसकेको  चिकित्सक शाहीले जानकारी दिए।

उनका अनुसार भुवनमा मोटोपन थियो। दमको पनि दीर्घरोगी पनि थिए। हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भू-भागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उनको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताए।

आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो। रासस


प्रकाशित : सोमबार, फागुन १९ २०८१११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend