शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बागलुङ नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १९ २०८१
बागलुङ नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण

नगरपालिकाले  किसानसँगको सहलगानीमा ७ हजार ७ सय रुपैयाँमा मौरीसहितको घार खरिद गरेर वितरण गरेको हो।

बागलुङ- किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ। किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो। 

नगरपालिकाले  किसानसँगको सहलगानीमा ७ हजार ७ सय रुपैयाँमा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए। 

'मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो', उनले भने।

नगरपालिका र ५८ किसानको ४ लाख ४६ हजार रुपैयाँ लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए। विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो। रासस


प्रकाशित : सोमबार, फागुन १९ २०८१११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend