बागलुङ- किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ। किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो।
नगरपालिकाले किसानसँगको सहलगानीमा ७ हजार ७ सय रुपैयाँमा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए।
'मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो', उनले भने।
नगरपालिका र ५८ किसानको ४ लाख ४६ हजार रुपैयाँ लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए। विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो। रासस