काठमाडौं- इलेक्ट्रोनिक्स सामग्री उत्पादनका लागि अत्यावश्यक मानिने सेमी कन्डक्टर (चिप) अभावका कारण धेरै हाइटेक उत्पादनहरू प्रभावित भएका छन्।
टेलिभिजनदेखि गडीसम्मको उत्पादन यसैका कारण प्रभावित भएको छ। कोरोना भाइरस, भारत-अमेरिका व्यापार युद्ध जस्ता अनेकौ कारणले गर्दा सेमीकन्डक्टरको उत्पादनमै कमी आएको छ।
सेमीकन्डक्टरको अभावले गर्दा भारतीय बजारमा नयाँ उत्पादन ल्याउने घोषणा गरेका भारतीय दूरसञ्चार कम्पनी जियो र अमेरिकी कम्पनी गुगल पछि हटेका छन्।
दुई ठूला कम्पनी मिलेर भारतमा सस्तो फोरजी स्मार्टफोन ल्याउने घोषणा गरेका थिए। तर चिप अभावकै कारण ढिलाइ भएको छ।
भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारकाअनुसार सन् २०२१ अन्तिमसम्म नयाँ स्मार्टफोन बजारमा आउनसक्ने छ।