बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

अनुचित लेनदेनमा संलग्नलाई कानूनबमोजिम कारबाही हुन्छ : गृहमन्त्री लेखक

images
आइतबार, फागुन १८ २०८१
images
images
अनुचित लेनदेनमा संलग्नलाई कानूनबमोजिम कारबाही हुन्छ : गृहमन्त्री लेखक

'साविकको आयोगलाई तोकिएको समयावधि सकिएको र यसअघिको आयोगबाट सोचेअनुरुप काम हुन नसकेको हुँदा बाँकी कामलाई गतिका साथ निष्कर्षमा पुर्‍याउन पुनः आयोग गठन गर्न लागिएको छ', उनले भने।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले कानूनविपरीतका अनुचित लेनदेन (मिटरब्याज) संलग्नलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

images
images

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले भने, 'अनुचित लेनदेन सम्बन्धमा नेपाल प्रहरीका जिल्लास्थित कार्यालयमा प्राप्त उजुरीहरु छानबिन गरी टुंग्याउने काम भइरहेको छ, यस्ता कार्यहरु कानूनअनुसार दण्डनीय भएकाले त्यस किसिमका कानूनविपरीतका क्रियाकलाप कोही कसैले गरेमा प्रचलित कानूनबमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध छ।'

images
images

मन्त्री लेखकले अनुचित लेनदेन (मिटरब्याज) अपराधबाट सिर्जित समस्याको अन्त्य गरी दीर्घकालीन समाधान गर्नका लागि जाँचबुझ गरी राय/सुझावसहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरी कार्य गरिएको बताए। सो सम्बन्धमा आयोगमा दर्ता भएकामध्ये पाँच हजार २ सय उजुरी फर्छ्यौट/सहमति भइसकेको उजको भनाइ छ। 

images
images

'साविकको आयोगलाई तोकिएको समयावधि सकिएको र यसअघिको आयोगबाट सोचेअनुरुप काम हुन नसकेको हुँदा बाँकी कामलाई गतिका साथ निष्कर्षमा पुर्‍याउन पुनः आयोग गठन गर्न लागिएको छ', उनले भने। 

उनले पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा भएको बेलुन विस्फोटको घटना सम्बन्धमा जवाफ दिँदै उक्त घटनाका सम्बन्धमा विस्तृत छानबिन गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विज्ञसहितको छानबिन समिति गठन गरिएको जानकारी दिए। 

'उक्त समितिले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव दिनेछ, समितिको प्रतिवेदनका आधारमा मेला महोत्सवलगायतका कार्यक्रममा सुरक्षा सतर्कता व्यवस्थापनका सम्बन्धमा थप सावधानीहरु अपनाइने छ', उनले भने।

त्यसैगरी सोलुखुम्बुको सीमा प्रशासन कार्यालय नाम्चेबजार कर्मचारीविहीन भएको सम्बन्धमा जवाफ दिँदै छिट्टै कर्मचारी व्यवस्थापन गरी सेवा सञ्चालन गरिने जानकारी दिए। 'सीमा अपराध नियन्त्रण तथा सीमामा नेपाली र भारतीय नागरिकको सुरक्षित, सहज र मर्यादित आवतजावतका लागि दुवै देशका सुरक्षा अधिकारीबीच समय-समयमा समन्वयतात्मक बैठक बस्ने गरेको छ, सीमामा सुरक्षा निकायबाट निगरानी बढाइएको छ', उनले भने।

यसै वर्षमा थप सात वटा सीमा आउटपोष्ट थप्ने तयारी भइरहेको उनको भनाइ छ। अवैध चोरी पैठारी नियन्त्रणमा पनि सक्रियता बढाइएको जनाउँदै उनले अवैध चोरी पैठारीमा संलग्न जो सुकैलाई पनि शून्य सहनशिलताको नीतिअनुरुप कारबाही गर्ने गरिएको बताए।

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष बलबहादुर गुरुङले सोही वडाका वडासचिव नवीन भुसालमाथि गरेको अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालयमा दर्ता भइ कानूनी कारबाहीको प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।

'कर्मचारीमाथि जनप्रतिनिधिबाट भएका घटनाको शृङ्खला बढेको सन्दर्भमा सबै जिल्ला प्रशासन कार्यालयलाई यस्ता घटनाका सम्बन्धमा जोसुकै दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न र कर्मचारी सुरक्षामा विशेष सतर्कता अपनाउन निर्देशन पनि दिइएको छ। कर्मचारीको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु', उनले भने।

अछामको ढकारीमा दुई किशोरीको मृत्युका सम्बन्धमा जवाफ दिँदै उनले नेपाल प्रहरीबाट घटनास्थलबाट संकलन गरिएका भौतिक प्रमाणको फोरेन्सिक परीक्षण, सिडिआर विश्लेषणलगायतको अनुसन्धान पूरा गरी २ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको बताए।

'जिल्ला अदालत, अछामबाट पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश भएबमोजिम डोटी बाल सुधारगृह पठाइएको र एकजना नाबालकलाई आवश्यक पर्दा पछि उपस्थित हुने गरी छाडिएको छ। दोषीलाई पक्राउ गरी कानूनी कारबाहीमा ल्याइसकिएको छ', उनले भने।

मन्त्री लेखकले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जघन्य प्रकृतिका अपराध हुन/गर्न नपाउने गरी स्थानीय सरोकारवाला निकायसँग समेत समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए। उनले महिलामाथि हुने हत्या, हिंसा र शोषणका विषयमा कानूनबमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे। रासस


प्रकाशित : आइतबार, फागुन १८ २०८११६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend