आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

images
आइतबार, फागुन १८ २०८१
images
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै अवार्ड पाउन सफल भएको हो।

images
images

काठमाडौं- एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स-२०२४’ बाट सम्मानित भएको छ।

images
images
images

गएको मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो। एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए।

images
images

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा विभिन्न कर तथा शुल्क शीर्षकअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ सम्ममा ३२० अर्ब रूपैयाँभन्दा बढी राजस्व राज्यलाई योगदान गरेको एनसेलले जनाएको छ।

images
images

यसैगरी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा २ अर्ब रूपैयाँभन्दा बढीका परियोजनाहरु सञ्चालन गरी आर्थिक, सामाजिक विकासमा योगदान गरेको एनसेलको भनाइ छ।


प्रकाशित : आइतबार, फागुन १८ २०८१११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend