आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत

images
शनिबार, फागुन १७ २०८१
images
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत
फाइल तस्बिर

ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन्। गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए।

images
images

जुम्ला- शुक्रबार बिहानैदेखि हिमपात र वर्षा  हुँदा यहाँका किसानलाई राहत पुगेको छ।

images
images
images

हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो। उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका-१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए।

images
images

ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन्। गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए। 

images
images

जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ। जहाँ किसानले आकाशे वर्षात्का भरमा जौ, गहुँबाली लगाउने गर्छन्। हिमपातका कारण जौ, गहुँलगायत नयाँ  स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका-६ का  स्थानीय  किसान दुर्गा शाहीले बताए।

जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताए। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ।

साथै सदरमुकाम खलंगा बजारबाट चल्ने लामो तथा छोटा दुरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ। रासस


प्रकाशित : शनिबार, फागुन १७ २०८११४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend