आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नेपाल र जापानबीच आयात-निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १६ २०८१
images
नेपाल र जापानबीच आयात-निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन्।

images
images
images

सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार-सरकार र जनता-जनताबीचको लामो सम्बन्ध अब आयात-निर्यातमा पनि विकसित हुन थालेको बताए।

images
images

'नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन्। नेपालको फापर जापान पुगेको छ। जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ। जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयामहरु छन्', प्रधानमन्त्री ओलीले भने, 'हामीबीच अब्बल मित्रता छ। खाली मित्रताबाहेक अरु केही छैन। हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ। समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ।'

images
images

प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको बताए।

एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो। रासस


प्रकाशित : शुक्रबार, फागुन १६ २०८११७:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend