काठमाडौं- सन् २०२४ को अन्त्यसम्ममा विश्वभर ८ अर्ब १६ करोड १९ लाख ७३ हजार मानिस विश्वमा थिए। २०२४ को अन्त्यमा कति नगद पैसा विश्वभर थियो होला? यो विषय धेरैलाई चासो हुन सक्छ।
यस्तै चासो विश्वमा रहेको कुल नगद पैसा कति होला र उक्त पैसा विश्वभर रहेको सबै मानिसलाई दामासाहीमा बाँड्दा प्रतिव्यक्ति कति रकम पर्छ होला? यस्तै खालको काल्पनिक प्रश्न धेरैको मनमा उब्जिएको हुन सक्छ।
विश्वको सबै पैसाको परिभाषा गर्न निक्कै कठीन र जटिल हुन सक्छ। यसको गणनाको तरिका धेरै हुन सक्छ। यस्तै गणनाको एक तरिका अवलम्बन गरेर भिजुअल क्यापिटालिस्टले विश्वभर रहेको नगद पैसा र मानिसको संख्याका आधारमा प्रतिव्यक्ति हुने पैसा निकालेको छ।
त्यसरी प्रतिव्यक्तको भागमा पर्ने पैसा गणना गर्न भिजुअल क्यापिटालिस्टले ‘ग्लोबल एमटू’ मनी सप्लाईलाई आधार मानेको छ। २०२४ को अन्त्यसम्म सीईआईसी डेटाले तयार पारेको तथ्यांकलाई आधार मानिएको छ। त्यस्तै विश्वभर रहेको जनसंख्याको तथ्यांक युएन वर्ल्ड पपुलेसन प्रोस्पेक्टस २०२४ बाट लिएको हो।
विश्वको पैसा बराबरी भाग लगाउँदा
२०२४ को अन्त्यसम्ममा विश्वभर करिब १ हजार २ सय ३० खर्ब अमेरिकी डलर पैसा रहेको छ। यो पैसा नगद, बचर र मनिमार्केट फन्डसका रुपमा विश्वभर रहेको पैसाको हिस्सा हो।
यसरी उक्त पैसालाई २०२४ को अन्त्यसम्ममा विश्वभर रहेका कुल ८ अर्ब १६ करोड १९ लाख ७३ हजार जनालाई बराबरी बाँड्दा प्रतिव्यक्ति करिब १५ हजार अमेरिकी डलर भागमा आउँछ।
२०२४ को एमटू मनी सप्लाइ- १२३३१३६३९८६०००० (१२३ ट्रिलियन डलर)
२०२४ मा विश्वभको जनसंख्या- ८१६१९७३००० जना
दामासहीले बाँडा प्रतिव्यक्ति- १५१०८ डलर
महत्वपूर्ण र सम्झनुपर्ने कुरा के छ भने यो रकममा घरजग्गामा भएको, सेयरमा भएको वा अन्य कुनै पनि लगानीलाई गणना गरिएको छ। नेपाल, भारत जस्ता देशमा उक्त रकमले राम्रै जीवन स्तर हुने भए पनि विश्वका महँगा सहरहरुमा उक्त रकमले सामान्य जीवन यापन गर्न कठीन हुन्छ।
के हो एमटू ग्लाबल मनी सप्लाइ?
एमटू मनी सप्लाइ आम मानिससँग सहज रुपमा उपलब्ध रहेको पैसा जुन क्यास, खातामा रहेको पैसा र बचतमा रहेको पैसालाई बुझाउँछ। यसले कति लगानी क्षमता छ भन्ने पनि दर्शाउँछ। आम मानिससँग भएको नगद पैसाले अर्थतन्त्रको आगामी दिशाको समेत संकेत गर्छ।
कति पैसा अर्थतन्त्रमा घुमिरहेको छ भन्ने कुराले जीडीपीलाई नै प्रभावित पार्न सक्छ। उदाहरणका लागि जब सरकारले नगद भुक्तानी दिन्छ, यसले मुलभुत रुपमा पैसाको सप्लाई बढाउँछ। जब उत्पादकत्व एक साथ बढ्दैन, त्यसको प्रत्यक्ष प्रभाव मूल्य वृद्धि हुन्छ। यसले मुद्रास्फििति बढाँउछ र समग्रमा जीडीपीमा प्रभाव पर्छ।
परिणामतः मनी सप्लाइ नियन्त्रण गर्नु संसारभरका सरकार र केन्द्रीय बैंकहरुको मुख्य जिम्मेवारीका रुपमा रहन्छ। यसका लागि केन्द्रीय बैंकहरुले बचतको आवश्यकतामा बदली र आधार दर तथा बचत पत्रको खरिद र बिक्रीको काम गर्न सक्छ।