आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मुस्ताङमा पुँजीगत खर्च निराशाजनक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १६ २०८१
images
मुस्ताङमा पुँजीगत खर्च निराशाजनक

चालु आर्थिक वर्षको ६ महिनामा ५ करोड ६० लाख ३४ हजार राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

images
images

मुस्ताङ- यहाँ सञ्चालित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको प्रथम ६ महिनाको पुँजीगत खर्च निराशाजनक देखिएको छ भने संघीय कार्यालयको खर्च भने सन्तोषजनक पाइएको छ। 

images
images
images

जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका निम्ति विनियोजित बजेटको अनुपातमा यहाँका प्रादेशिक कार्यालयको खर्च निराशाजनक र संघीय कार्यालयतर्फको सन्तोषजक पाइएको हो।

images
images

संघीयतर्फ साविकका कार्यालय जनशक्ति यथावत परिचालित भएकाले बजेट खर्च सन्तोजन रहे पनि प्रादेशिकतर्फ नयाँ कार्यालय थपिएका, जनशक्ति अभाव र प्रदेश सरकारको अस्थिरतालगायत कारणले प्रादेशिक खर्च अपेक्षाअनुरुप हुन नसकेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले बताए।

images
images

चालु आवका लागि संघीय तथा प्रादेशिक कार्यालय र स्थानीय तहका लागि कुल तीन अर्ब ७९ करोड ८६ लाख ९० हजार बजेट विनियोजन भएकामा एक अर्ब ६६ करोड बजेट खर्च भएको उनले जानकारी दिए। 

उक्त कार्यालयका अनुसार चालु वर्षका लागि मुस्ताङका पाँच स्थानीय तहलाई ९७ करोड ३८ लाख २७ हजार वित्तीय हस्तान्तरण बजेट विनियोजन भएकामा साउनदेखि पुस महिनासम्म ४६ करोड ६५ लाख वित्तीय हस्तान्तरण भइसकेको छ।

संघीय कार्यालय र संघीय अनुदान वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड ३९ लाख बजेट विनियोजन भएकामा समीक्षा अविधिमा एक अर्ब ४१ करोड ६१ लाख खर्च भएको छ। 

५ करोड ६० लाख राजस्व संकलन 

चालु आर्थिक वर्षको ६ महिनामा पाँच करोड ६० लाख ३४ हजार राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

संघीयतर्फ चार करोड २८ लाख ७४ हजार तथा प्रदेशतर्फ एक करोड ३१ लाख ५९ हजार संकलन भएको हो। उक्त रकम संघीयतर्फका १४ र प्रदेशका नौ वटा वटा कार्यालयले असुल गरेका हुन्। 


प्रकाशित : शुक्रबार, फागुन १६ २०८११२:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend