आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

ट्यांकी निर्माण भएको पाँच वर्षसम्म पनि प्रयोग भएन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १६ २०८१
images
ट्यांकी निर्माण भएको पाँच वर्षसम्म पनि प्रयोग भएन
फाइल तस्बिर

'हामी ट्यांकी निर्माण गर्दादेखि नै अच्चमित भएका थियौँ, अहिले प्रयोगमा नआएपछि झनै अचम्मित भएका छौँ।'

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका-१९ स्थित सक्राममा बनेको खानेपानी ट्यांकी प्रयोग नहुँदै जीर्ण बनेको छ। पाँच वर्षअघि निर्माण पूरा भएको त्यो ट्यांकी प्रयोगमा नै नआई जीर्ण बनेको हो। ७५ लाख रुपैयाँको लागतमा उक्त ट्यांकी निर्माण गरिएको थियो।

images
images
images

जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बनाएको उक्त ट्यांकी डेढ लाख लिटर क्षमताको छ।

images
images

'न त त्यहाँ कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिक पानीका मुहान नै छन्', स्थानीय देवराज वलीले भने, 'हामी ट्यांकी निर्माण गर्दादेखि नै अच्चमित भएका थियौँ, अहिले प्रयोगमा नआएपछि झनै अचम्मित भएका छौँ।' मुन्द्रकोट सामुदायिक वन क्षेत्रमा उक्त खानेपानी ट्यांकी निर्माण भएको हो। 

images
images

त्यहाँबाट केही दिन पानी तानिएको थियो। स्थानीय खोलाबाट पम्पिङ गरेर पानी तानिएको भए पनि वर्षात्को समयमा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताए।

'हामीले केही समय पानी ट्यांकीमा राख्यौँ', उनले भने, 'तर, त्यो लामो समयसम्म पानी ल्याउन सकिएन।' धमधमेबाट त्यहाँ पानी ल्याउन सकिन्छ कि भनेर पनि छलफल अगाडि बढाएकामा स्थानीयले नमान्दा समस्या भएको उनको भनाइ छ।
 
खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्यांकीलाई काम लगाउन नसकिने उल्लेख छ। सचिव राकेश बस्नेतले सभामा पेस गरेको प्रतिवेदनमा सोही ट्यांकी पानी लैजान सकिने अवस्था नरहेको उल्लेख छ।


प्रकाशित : शुक्रबार, फागुन १६ २०८११०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend