काठमाडौं- सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पको परकम्प गइरहेको छ। बिहान ७ बजेर ३५ मिनेट जाँदासम्म २३ वटा परकम्प गएको छ। परकम्प आउनेक्रम जारी छ।
२.३ देखि ३.८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन्। सानासाना करकम्प आउनेक्रम जारी छ। राति २:५१ बजे सिन्धुपाल्चोकका भैरव कुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
चीन र नेपालकाे सिमनामा केन्द्रविन्दु बनाएर भूकम्प गएकाे छ। सिन्धुपाल्चोक भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युटकाे भूकम्प मापन गरिएको छ। बिहान २ बजेर ५१ मिनेट जाँदा गएकाे भूकम्पको असर नेपाल सहित भारतीय सिमनासम्म परेकाे छ। रासस