आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सिर्दिबासको बगरमा किरा टिप्नेको भीड, प्रतिकिलो तीन हजार रुपैयाँमा कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १५ २०८१
images
सिर्दिबासको बगरमा किरा टिप्नेको भीड, प्रतिकिलो तीन हजार रुपैयाँमा कारोबार

एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन्। सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरु टिप्न गएको बताए।

images
images

गोरखा- गोरखाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका-३ स्थित सिर्दिबासको बगरमा किरा टिप्नेहरुको भीड लागेको छ। आज बिहानदेखि गाउँमा एकाएक पतेरा किरा आएपछि टिप्नेहरुको भीड लागेको स्थानीय कुमारी गुरुङले बताइन्। 

images
images
images

'सिर्दिबास र फिलिम जोड्ने पुल मुनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरु एकाएक टिप्न गए', उनले भनिन्, 'बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ। बिहान प्रतिकिलो दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो तीन हजार रुपैयाँमा कारोबार भयो।' उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको गाउँलेको भनाइ छ। 

images
images

उनका अनुसार एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन्। सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरु टिप्न गएको बताए।

images
images

'यसरी मान्छेहरु गएका छन् भन्ने कुरा दिउँसो मात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन', उनले भने। टिप्न जानेहरुले तरकारी हुन्छ रे भनेर सुनाएको उनले बताए। 

यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा समेत जानकारी गराइएको छ। यसक्षेत्रमा ठूलो सङ्ख्यामा पतेरा आएको पहिलो पटक भएको वडाअध्यक्ष गुरुङ बताउँछन्।

'पहिला गाउँमा खुसार्नीका बोटमा एक-दुई वटा पतेरा लागेको थाहा थियो, अहिले बुढीगण्डकीको किनारभरि पतेरा छ। कहाँबाट आयो थाहा भएन', उनले भने। रासस


प्रकाशित : बिहीबार , फागुन १५ २०८११८:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend