काठमाडौं- शिवम् सिमेन्ट लिमिटेड 'अवार्डस् फर कर्पोरेट एक्सिलेन्स-२०२४' इन मेनुफ्याक्चरिङ क्याटेगोरीबाट सम्मानित भएको छ।
काठमाडौंमा फागुन १३ मा कर्पोरेट क्लब नेपाल प्रालिद्वारा आयोजित 'दि एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स' कार्यक्रममार्फत शिवम् सिमेन्टलाई उत्पादनमूलकमा वर्गीकृत कम्पनीमध्येबाट उत्कृष्ट छनौट भइ उक्त अवार्डबाट सम्मान गरिएको हो।
उक्त कार्यक्रममा फरकफरक विधामा विभिन्न कम्पनी तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो। जसमध्ये शिवम् सिमेन्टलाई 'अवार्डस् फर कर्पोरेट एक्सिलेन्स-२०२४' इन मेनुफ्याक्चरिङ क्याटेगोरी अवार्डबाट सम्मानित गरिएको हो। यसरी उत्कृष्ट उत्पादनमूलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्टले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भइसकेको जनाएको छ।
शिवम् सिमेन्टले ५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ। हेटौँडामा स्थापित यस उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ।
नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा बीआईएस (आईएसआई), यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको कम्पनीको भनाइ छ।