बुधबार, चैत १३ गते २०८१    
बुधबार, चैत १३ २०८१
images
images

केआईआईटीद्वारा नेपाली विद्यार्थीलाई फर्कन पुनः आग्रह, यात्राको सबै खर्च बेहोर्ने

images
बिहीबार , फागुन १५ २०८१
images
images
केआईआईटीद्वारा नेपाली विद्यार्थीलाई फर्कन पुनः आग्रह, यात्राको सबै खर्च बेहोर्ने

विश्वविद्यालयले विद्यार्थीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिने जनाउँदै अभिभावकलाई ढुक्क रहनसमेत आग्रह गरेको छ।

images
images

काठमाडौं- भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाल फर्किएका नेपाली विद्यार्थीहरुलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै यात्राको सबै खर्च बेहोर्ने बताएको छ।

images
images

विश्वविद्यालयले अभिभावकहरुलाई एक अनुरोध पत्र लेख्दै नेपालबाट फर्कनका लागि लाग्ने सबै खर्च समेत आफैले बेहोर्ने उल्लेख गरेको हो। विश्वविद्यालयका उपकुलपति सरञ्जित सिंहद्वारा हस्ताक्षरित पत्रमा यही फेब्रुअरी १८ देखि नियमितरुपमा कक्षा सञ्चालन भइसकेको समेत उल्लेख गरिएको छ।

images
images

'विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रम तथा प्रक्रिया पुन: सञ्चालन भइसकेका छन्। विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज फर्कन अनुरोध गर्दछौँ', पत्रमा भनिएको छ, 'विश्वविद्यालयमा फर्कनका लागि (बस, रेल वा हवाई)  यात्राको सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने छ।'

images
images

विश्वविद्यालयले विद्यार्थीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिने जनाउँदै अभिभावकलाई ढुक्क रहनसमेत आग्रह गरेको छ। साथै यस अवधिमा छुटेका कक्षा वा प्रयोगशालाहरू विद्यार्थीहरूको शैक्षिक, करियर तथा रोजगारीको अवसरमा असर नपर्ने विश्वास पनि दिलाएको छ।

साथै विश्वविद्यालयका होस्टल वा स्कुलबाट कुनै किसिमको सहमति वा हस्ताक्षर माग्ने कुनै प्रावधान नरहेको स्पष्ट पार्दै अन्य स्रोतबाट आएको गलत सूचनालाई बेवास्ता गर्न समेत आग्रह गरिएको छ।

विश्वविद्यालयमा हाल ६५ भन्दा बढी मुलुकका तीन हजारभन्दा बढी विदेशी विद्यार्थी अध्ययन गरिरहेको बताइएको छ। विश्वविद्यालयसँग सम्बन्धित कुनै जिज्ञासा भए डा विकास सबत ९९८७३६६६०७२० वा डा ममता धिताल ९७८५५०२९३२२० लाई सम्पर्क गर्न सकिने जनाइएको छ।

केआईआईटीमा अध्ययनरत एक नेपाली छात्राको मृत्यु र त्यसपछि उत्पन्न तनावको व्यवस्थापनमा नेपाल सरकारले गरेको कूटनीतिक प्रयासपछि कलेजले नेपाली विद्यार्थीलाई फर्कन पटकपटक आह्वान गरिरहेको छ।


प्रकाशित : बिहीबार , फागुन १५ २०८११३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend