बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

तित्याङका पदमले काउली बेचेर एकै सिजनमा कमाए ६ लाख, वार्षिक १४ लाखसम्म आम्दानी

images
मंगलबार, फागुन १३ २०८१
images
images
तित्याङका पदमले काउली बेचेर एकै सिजनमा कमाए ६ लाख, वार्षिक १४ लाखसम्म आम्दानी

स्वदेशमा केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा लागेका पदम खत्रीले वार्षिक १२ देखि १४ लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्।

images
images

बागलुङ- जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका-९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा ६ लाख रूपैयाँको काउली बिक्री गरेका छन्। २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लागेका उनी अहिले बागलुङका सफल किसानका रुपमा परिचित छन्।

images
images

उनले निजी, भाडा र बाँझो जग्गा गरी १८ रोपनी खेतबारीमा प्लास्टिक टनेल र टनेलबाहिर सिजन अनुसारका तरकारी उत्पादन गर्दै आएका छन्। पदम खत्रीले एग्रो फार्ममा मौसमी र बेमौसमी टमाटर, काउली, बन्दा, साग, सिमी र घिरौँलालगायत तरकारी फलाउँदै आएका छन्।

images
images

उनले गत वर्ष एउटै काउली नौ किलोको र यस वर्ष १२ किलो सम्मको फलाएका थिए। उनी कृषि ज्ञान केन्द्रबाट पटक-पटक उत्कृष्ट किसानका रुपमा सम्मानित पनि हुँदै आएका छन्। 'निरन्तर मेहनत गरे सफलता पाइँदोरहेछ, अहिलेको सिजनमा मात्रै ६ लाखको काउली बजार पठाएँ, वर्षमा ५-६ लाखको त टमाटर नै बिक्री हुन्छ,' खत्रीले भने, 'आठवटा प्लास्टिक टनेल र अन्य खुल्लारुपमा तरकारी उत्पादन हुँदै आएको छ, यस वर्ष काउलीको मूल्य राम्रो भएकाले धेरै नाफा भयो।'

images
images

विसं २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यस क्षेत्रकै सफल किसानका रुपमा परिचित छन्।

स्वदेशमा केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा लागेका खत्रीले वार्षिक १२ देखि १४ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

'अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको थिएँ, ६ लाख आम्दानी त एक सिजको काउलीबाटै भयो, अहिले काउलीको बजार मूल्य १ सय रूपैयाँसम्म परेकाले राम्रो आम्दानी भयो,' उनले भने।

तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा लिएर १८ रोपनी जग्गा पुर्‍याएका छन्। रासस


प्रकाशित : मंगलबार, फागुन १३ २०८११६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend