काठमाडौं- अमेरिकी जहाज निर्माता कम्पनीले करिब पाँच वर्षपछि नयाँ जेट जहाज ल्याउने भएको छ।
बोइङले ७७७एक्स फ्रेटर सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले पाँच वर्षपछि नयाँ मोडल सार्वजनिक गर्न लागेको हो।
कतार एयरवेजसँग ५० जहाजका लागि डिल भएपछि बोइङले नयाँ जहाज ल्याउने करिब पक्का भएको हो।
२०२१ को डिसेम्बर तेस्रो साता कतारका शासक शेख ताहिम विन हमाड र अमेरिकी राष्ट्रपतितबीच बासिङ्टनमा भेटवार्ता भएको थियो। सो भेटपछि दुई देशबीच व्यापारीक सम्बन्ध बलियो बनाउने सहमति भएको थियो।
कतारले १५ वटा नयाँ फ्रेटर अर्डर गर्ने विश्वास गरिएको छ।