शनिबार, साउन १२ गते २०८१    
images
images
images

बुद्ध होलिडेजको भ्यालेन्टाइन अफर : पोखरालगायत विभिन्न गन्तव्यको होलिडेज प्याकेजमा छुटैछुट

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १७ २०७८
images
images
बुद्ध होलिडेजको भ्यालेन्टाइन अफर : पोखरालगायत विभिन्न गन्तव्यको होलिडेज प्याकेजमा छुटैछुट
images

काठमाडौं- कोभिडको तेस्रो लहरपछि सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशील बनाउन बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न आकर्षक होलिडे प्याकेजहरू ल्याएको छ। पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरिएको कम्पनीले जनाएको छ।

images
images

विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यहरूमा सजिलो र सहज होलिडे प्याकेजहरू ल्याईने बुद्ध एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए।

images

बुद्ध होलिडेजले अहिलेसम्म ३८ सय स्वदेशी तथा विदेशी नागरिकलाई पोखरालगायत विभिन्न गन्तव्यको होलिडे प्याकेजमार्फत सेवा पुर्‍याएको छ।

युवा वर्गलाई लक्षित गरि ल्याइएको यस होलिडे प्याकेजमा दुईतर्फि हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप-ड्रप, ट्वीन शेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ।

images

यो अफर फेब्रअरीको १५ तारिखसम्म हुनेगरि लागु गरिएको एयरले जनाएको छ। संक्रमणरहित होलिडे प्याकेजका लागि यात्रुवर्गले पनि स्वास्थय मापदण्ड अपनाई प्याकेजको आनन्द लिन आग्रह गरेको छ।

कुन प्याकेजको मूल्य कति (प्रतिव्यक्ति ?

काठमाडौं - पोखरा प्याकेज : ६ हजार ९ सय ९९ रुपैयाँ

काठमाडौं-चितवन प्याकेज : ९ सय ९ सय ९९ रुपैयाँ

पोखरा - भैरहवाब:  ७ हजार ९ सय ९९ रुपैयाँ

पोखरा- चितवन :  ७ हजार ९ सय ९९ रुपैयाँ

पोखरा- सिमरा : ८ हजार ९ सय ९९ रुपैयाँ

पोखरा-नेपालगञ्ज : ९ हजार ९ सय ९९ रुपैयाँ


प्रकाशित : सोमबार, माघ १७ २०७८११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend