आइतबार, फागुन ११ गते २०८१    
आइतबार, फागुन ११ २०८१
images
images

४ करोड ६२ लाख रुपैयाँ लागतमा भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ११ २०८१
images
images
४ करोड ६२ लाख रुपैयाँ लागतमा भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

यो खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा २०७६ फागुन १२ मा शिलान्यास गरेर काम थालिएको थियो। निर्माणको अन्तिम चरणमा पुगेको पुल ढलान गरेपछि २०७८ मंसिरमा भाँचिएका थियो।

images
images

भोजपुर- भोजपुर सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो। पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ।

images
images
images

स्टिल ट्रस ओपन फाउन्डेसन, एक स्पानमा निर्माण भएको पुल ४६ मिटर लम्बाइ, छ मिटर चौडाइ र एक दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण गरिएको कोशी प्रदेश, प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइले जनाएको छ। पुल भ्याटसहित ४ करोड ६२ लाख ७४ हजार ९ सय १० रुपैयाँ लागतमा निर्माण भएको हो।

images
images

कावाखोलामा पुल निर्माणले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो। पुल सञ्चालनमा आएपछि सवारीसाधन आवतजावतमा सहजतासँगै उत्पादित कृषि उपजको बजारीकरणमा टेवा पुगेको अध्यक्ष राईको भनाइ छ।

images
images
images

'धेरै पहल र प्रयत्नपश्चात कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ', अध्यक्ष राईले भने, 'यो खोला पुल नुहँदा दक्षिणी क्षेत्रको जनजीवन निकै कष्टकर थियो। अब भने सदरमुकामसम्मको आवतजावतका लागि सहज अवस्था बनेको छ।'

कावाखोलामा पुल निर्माणले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्थाबाट दक्षिणी क्षेत्रका नागरिक मुक्त भएको हतुवागढी-२ का वडाध्यक्ष विचारी थापाले बताए। वर्षात्को समयमा खोलामा पुल नहुँदा बिरामी तथा स्थानीयलाई धेरै सास्ती हुने गरेको भए पनि अब भने दैनिकी सहज बनेको उनको भनाइ छ।

'करिब पाँच वर्षको पर्खाइपछि कावाखोलामा पुल निर्माण भएर सञ्चालन आएको छ', वडाध्यक्ष थापाले भने, 'यहाँ पुल नहुँदा नागरिकले भोगेका दुःखको वयान गरिसाध्य छैन। वर्षातको समयमा मानिस वारिका वारि, पारिका पारि हुने अवस्था थियो। पुल निर्माणले स्थानीयमा उत्साह बढेको छ।'

यो खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा २०७६ फागुन १२ मा शिलान्यास गरेर काम थालिएको थियो। निर्माणको अन्तिम चरणमा पुगेको पुल ढलान गरेपछि २०७८ मंसिरमा भाँचिएका थियो। निर्माणका क्रममा पुल भाचिएपछि यहाँ पुनः पुल निर्माण भएको हो। रासस


प्रकाशित : आइतबार, फागुन ११ २०८११०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend