शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बेनी नगरपालिकामा गौरवका १२ योजना कार्यान्वयन

images
बिहीबार , फागुन ८ २०८१
images
images
बेनी नगरपालिकामा गौरवका १२ योजना कार्यान्वयन

बेनी नगरपालिकाले पूर्वाधार आयोजनाहरुका लागि यस वर्ष १२ करोड ४३ लाख २५ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ।

images
images

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ।

images
images
images

सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माणसम्बन्धी नौ करोड ४७ लाख रूपैयाँ बजेट विनियोजन भएका दुईवटा सम्पन्न, चारवटा निर्माणाधीन र तीनवटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ। थप तीनवटा योजनाको ठेक्का आह्वानको तयारीमा छन्।

images
images

बेनी नगरपालिकाका इञ्जिनियर सुदिप गौतमले २५ लाख रूपैयाँ बजेट विनियोजन भएको बेनी-लभ्लिहिल-ज्यामरुकोट सडक स्तरोन्नति र ३० लाख ५० हजार रूपैयाँ बजेटको कालिपुल कृषि भवनको ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले काम सम्पन्न गरिसकेको बताए

images
images
images

बेनी-लभ्लिहिल-ज्यामरुककोट सडकको २० लाख १७ हजार सातसय ६ रूपैयाँ र कालिपुल कृषि भवन निर्माणका लागि २६ लाख ५० हजार रूपैयाँमा सम्झौता गरेका थिए। संघीय सरकार र बेनी नगरपालिकाको ५०/५० प्रतिशत साझेदारीमा तीन करोड रूपैयाँ बजेट विनियोजन भएको बेनी-अर्थुङ्गे-तोरीपानी-पात्लेखेत सडकको ८० प्रतिशत भौतिक प्रगति भएको इञ्जिनियर गौतमले बताए।

गत पुष १९ गते दुई करोड नौ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको विवेक-दुप्चेश्वर-शुभम् जेभीले बेनी नगरपालिका-७ खानेपानी कार्यालय नजिकै सडकको प्रवेशबिन्दु, कुरिलाखर्कको रातो पहिरो, आँपरुखको घुम्ती र नेप्टेचौर स्थित बेनपा-९को वडा कार्यालयदेखि गिठिनी हुँदै पात्लेखेततर्फ साँघुरो र अप्ठ्यारो ठाउँमा सुधारको काम अन्तिम चरणमा पुर्‍याएको हो।

बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको सातवटा वडालाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी-अर्थुङ्गे-तोरीपानी-पात्लेखेत सडक बेनी नगरपालिकाको सबैभन्दा ठूलो र धेरै बजेट भएको योजना हो।

६२ लाख ६७ हजार आठसय ३८ रूपैयाँमा ठेक्का सम्झौता भएको अर्थुङ्गे-पुलाचौर र ७५ लाख ९७ हजार चारसय ५२ रूपैयाँमा ठेक्का सम्झौता भएको महारानीथान-छाप-डाँडाखेत सडकको २०/२० प्रतिशत भौतिक प्रगति भएको छ। एक करोड रूपैयाँ बजेट विनियोजन भएको महारानीथान-छाप-डाँडाखेत सडक योजनामा गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा सञ्चालन भएको हो।

५९ लाख ८८ हजार एकसय ७० रूपैयाँमा ठेक्का सम्झौता भएको रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रम र श्रीलक्ष्मीहरी मन्दिरको पूर्वाधार निर्माणको आठ प्रतिशत प्रगति भएको छ। गण्डकी प्रदेश सरकारले ४० लाख रूपैयाँ विशेष अनुदान उपलब्ध गराएको पशु बधशाला निर्माण योजनाको ठेक्का प्रस्ताव मूल्यांकनको चरणमा छ।

३० लाख रूपैयाँ विनियोजन भएको गलेश्वर बजार सौन्दर्यकरण योजनाको ठेक्का सम्झौताको चरणमा रहेको र ७२ लाख रूपैयाँ बजेट रहेको बेनी-पुलाचौर सडकको लागत अनुमान तयार गरेर ठेक्का आह्वानको प्रक्रियामा छ।

२५ लाख रूपैयाँ विनियोजन भएको बेनीको खुल्ला मञ्च खेलमैदान र संघीय सरकारको ६० लाख रूपैयाँ विशेष अनुदान रहेको कालीगण्डकी स्वच्छता कार्यक्रममार्फत म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाह र मलामी घर बनाउन ठेक्का आह्वानको तयारी गरेको नगर प्रमुख सुरत केसीले बताए।

उनका अनुसार खुल्ला मञ्च खेलमैदानका लागि संघीय सरकारबाट विनियोजन भएको २० लाख रूपैयाँ उपभोक्ता समितिमार्फत कार्यान्वयनको प्रक्रिया अघि बढेको छ। नमूना विद्यालय कार्यक्रमअन्तर्गत बेनी नगरपालिका-६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि विनियोजन भएको एक करोड रूपैयाँ बजेट योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भएको छ।

१० वटा वडा रहेका बेनी नगरपालिकाले बजेट विनियोजन गरेका दुईसय ९९ वटा वडास्तरीय योजना मध्य आर्थिक वर्षको सात महिनामा एकसय सातवटा सम्पन्न, ८५ वटा सम्झौता हुन बाँकी र एकसय सातवटा कार्यान्वयनमा रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए।

बेनी नगरपालिकाले पूर्वाधार आयोजनाहरुका लागि यस वर्ष १२ करोड ४३ लाख २५ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका २१ वटा योजनामध्ये चारवटा सम्झौता भएका र १७ वटा सम्झौता गर्न बाँकी छन्। पाँच लाख रूपैयाँसम्म बजेटका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको छ।

योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन र प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन्। सदरमुकामबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने मूल सडकलाई स्तरीय बनाउन प्राथमिकता दिएको उनले बताए। रासस


प्रकाशित : बिहीबार , फागुन ८ २०८११२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend