शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पुसमा केही सुधार देखिएको घरजग्गा कारोबार माघमा झनै सुस्तायो, मूल्य नघटेपछि अझै पर्खने सोचमा लगानीकर्ता

images
शुक्रबार, फागुन २ २०८१
images
images
पुसमा केही सुधार देखिएको घरजग्गा कारोबार माघमा झनै सुस्तायो, मूल्य नघटेपछि अझै पर्खने सोचमा लगानीकर्ता

बढ्दो खराब कर्जा र प्रोभिजनिङको दबाब कम गर्न बैंकहरू घाटा खाएरै भएपनि गैरबैंकिङ सम्पत्ति बिक्रीको तयारीमा रहेकोले यसको प्रभावस्वरुप केही महिनामै घरजग्गा कारोबार बढ्ने देखिन्छ।

images
images

काठमाडौं- घरजग्गा कारोबार पुसमा भन्दा माघमा घटेको छ। मंसिरमा भन्दा पुसमा सुधार देखिएपनि माघमा पुनः घटेको हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार माघमा देशभर ४६ हजार ६९ संख्यामा घरजग्गा लिखत पास भएको छ। देशभरका मालपोत कार्यालयहरूबाट पुसमा ४८ हजार १ सय ५६ लिखत पास भएको थियो।

images
images
images

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब रुपैयाँ रहेको छ। बैंकहरूमा निक्षेप थुप्रिएर ब्याजदर सस्तो हुँदा पनि कर्जा जान सकेको छैन। ब्याजदर सस्तो हुँदा पनि घरजग्गाको मूल्य घटाएर किन्ने मुडमा लगानीकर्ता देखिँदा अझै पर्ख र हेरको अवस्था छ। जसका कारण माघ महिनामा पनि घरजग्गा कारोबार सुस्त देखिएको छ।

images
images

बैंक वित्तीय संस्थाहरू मूल्य घटाएर गैरबैंकिङ सम्पत्ति बिक्रीको तयारीमा छन्। बैंकहरूको करिब ३९ अर्ब रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ। बढ्दो खराब कर्जा र प्रोभिजनिङको दबाब कम गर्न बैंकहरू घाटा खाएरै भएपनि गैरबैंकिङ सम्पत्ति बिक्रीको तयारीमा रहेकोले यसको प्रभावस्वरुप केही महिनामै घरजग्गा कारोबार बढ्ने देखिन्छ। 

images
images
images

घरजग्गा कारोबार घटेसँगै राजस्व पनि घटेको छ। माघमा सरकारलाई घरजग्गा कारोबारबाट तीन अर्ब ८७ करोड रूपैयाँ राजश्व प्राप्त भएको छ। पुसमा मालपोत कार्यालयहरूले ४ अर्ब २५ करोड रुपैयाँ राजस्व उठाएका थिए। माघ महिनामा कारोबार र राजश्व दुवै शीर्षकमा घटेको विभागको तथ्यांकमा देखिएको छ। गत वर्ष माघमा ५० हजार ९ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो। 

गत मंसिरमा भने तीन अर्ब ८७ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। गत कात्तिकमा घरजग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजस्व संकलन भएको थियो।

खराब कर्जाको चापले मूल्य घटाएर गैरबैंकिङ सम्पत्ति बिक्री गर्दै बैंकहरू, घरजग्गाको मूल्य घट्नेखराब कर्जाको चापले मूल्य घटाएर गैरबैंकिङ सम्पत्ति बिक्री गर्दै बैंकहरू, घरजग्गाको मूल्य घट्ने

यस्तै गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो। असोजमा घरजग्गा कारोबार झनै ओरालोतिर लागेको थियो। गत साउनमा पनि बढ्न नसकेको कारोबार भदौमा पनि ओरालो नै लागेको थियो।


प्रकाशित : शुक्रबार, फागुन २ २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend