सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

बिपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु, वर्षायाममा यातायात अवरुद्ध हुन नदिने लक्ष्य

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३० २०८१
images
बिपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु, वर्षायाममा यातायात अवरुद्ध हुन नदिने लक्ष्य

वर्षायाममा सकेसम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्य रहेको भन्दै डिभिजन प्रमुख योगेशले आवश्यक परे रातिको समयमा समेत काम गरि मर्मतलाई चुस्त र तीव्र पारिने बताएका छन्।

images
images

काठमाडौं- बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्गको मर्मत कार्य कार्य सुरु भएको छ। गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो। 

images
images
images

विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढि क्षति पुर्‍याएको छ। त्यसमध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा बगाएको छ।

images
images

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार हाल विभागका अनुसार उपकरण तथा जनशक्ति परिचालन गरि विभिन्न खण्डको मर्मत भइरहेको छ। ‘बाढी क्षति पुर्‍याएको १३ किलोमिटर मध्ये ८.५ किलोमिटर सडक पूर्ण रुपमा बनाउनु पर्ने भएको छ’ न्यौपानेले भने, ‘बाँकी खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्ने लगायतका काम गर्नु पर्ने छ, त्यो अहिले सुरु भएको हो।’

images
images

सो सडक खण्ड मर्मतका लागि भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भइसकेको उनले जनाएका छन्। विभागकै श्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरि क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको भन्दै उनले काम नभएका स्थानहरुबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तिव्रता दिने बताएका छन्। 

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल डिभिजनले पहिलो प्राथमिकतामा राखेर सो सडक मर्मत थालेको हो। उनले भने, ‘अहिले हामीले बिपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौँ, आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको श्रोत साधनको अधिकतम उपयोग गरि काम भइरहेको छ।’

वर्षायाममा सकेसम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्य रहेको भन्दै डिभिजन प्रमुख योगेशले आवश्यक परे रातिको समयमा समेत काम गरि मर्मतलाई चुस्त र तीव्र पारिने बताएका छन्। 

गत असोजमा बाढीसँगै आएको पहिरोले सो राजमार्गमा क्षति पुर्‍याएको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरि मर्मत तथा पुनर्निर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिइसकेका छन्। गत शनिबार मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुख लगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुननिर्माणमा श्रोत अभाव हुन नदिने भन्दै मर्मत एवम् पुनर्निर्माणलाई तीव्रता दिन निर्देशन दिएका थिए।


प्रकाशित : बुधबार, माघ ३० २०८११०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend