आइतबार, भदौ २३ गते २०८१    
images
images

बढे फोरजी प्रयोगकर्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
images
images
बढे फोरजी प्रयोगकर्ता

पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ।

images
images

काठमाडौं- पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ।

images
images
images

गएको जेठमा  प्रयोगकर्ता घटेकोमा असारमा भने बढेका छन्। प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता एक करोडको नजिक पुगेको छ। सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन्।

टेलिकमका ४७ लाख ४४ हजार प्रयोगकर्ता छन्। गत जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेका थिए। एक महिनामा मात्र १९ लाख ७३ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका छन्। एक वर्षमा एनसेलका फोरजीका ग्राहक ५० लाख ४२ हजार बढी छन्। गत जेठमा ४८ लाख ५ हजार प्रयोगकर्ता गरेका थिए।

स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार छन्। गत जेठमा एक लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए। स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन्। तीन सेवा प्रदायकसँग ९९ लाख ५४ हजार ११९ फोजरीका प्रयोगकर्ता थपिएका छन्। गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए। एक महिनामा तीन सेवा प्रदायकका २२ लाख ८९ हजार ६६० प्रयोगकर्ता थपिएका छन्।

images

इन्टरनेट पहुँच

नेपालमा १०२ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ। प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार असारसम्म तीन करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत जेठमा दुई करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो। उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। 

असारसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६ दशमलव ०३ प्रतिशत छ। एक करोड २८ लाख ९४ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको एक करोड ४ लाख र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ ।

फिक्स ब्रोडब्याण्डको हिस्सा २५ दशमलव ६६ प्रतिशत रहेको छ। यसमा एडिएसएलका ७ लाख २८५ हजार र एफटिटिएच इन्टरनेट ७ लाख २७ हजार बढी रहेका छन्। रासस


प्रकाशित : आइतबार, भदौ २७ २०७८१२:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend