शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पर्वतमा निर्माणाधीन पाँच सडक योजनालाई पूर्णता दिन १६ करोड बजेट थप

images
शनिबार, माघ २६ २०८१
images
images
पर्वतमा निर्माणाधीन पाँच सडक योजनालाई पूर्णता दिन १६ करोड बजेट थप

स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट थप गरिएको हो।

images
images

पर्वत- पर्वतमा निर्माणाधीन पाँचवटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ। 

images
images
images

स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट थप गरिएको हो। चार वटा योजनामा तीन करोड रूपैयाँका दरले र एक योजनामा चार करोड रूपैयाँ गरी १६ करोड रूपैयाँ बजेट थप भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ।

images
images

बजेट थप भएका योजनामा दोविल्ला-पकुवा-गँगटे-डाँडाखर्क सडक, लेखफाँट-शालिजा सडक, देउपुर-पूर्णगाउँ-घुरूङ्गा सडक, लिमठाना-अर्चले-भँगरा सडक र वालिङ-हुवास-सेतीवेणी सडक रहेका छन्।

images
images
images

संघीय सरकारमार्फत निर्माणाधीन उक्त सडकलाई पूर्णता दिनका लागि बजेट माग गरिएकोमा हालै मन्त्रालयबाट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले जानकारी दिए। उनका अनुसार जिल्लाको कुश्मा नगरपालिकामा पर्ने दोविल्ला-पकुवा-गँगटे-डाँडाखर्क सडकका लागि तीन करोड रूपैयाँ विनियोजन भएको छ। यो सडकमा यसअघि एक करोड ६२ लाख रूपैयाँको बजेट विनियोजन भएर निर्माणाधीन अवस्थामा रहेको थियो। 

यसैगरी जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत रहेका रणनीतिक सडकमा समावेश लेखफाँट-शालिजा सडकका लागि पनि तीन करोड रूपैयाँ बजेट थप भएको छ। उक्त आयोजनामा यसअघि चालु आर्थिक वर्षमै दुई करोड ९५ लाख रूपैयाँ विनियोजन भइ निर्माणाधीन अवस्थामा रहेको थियो भने मोदी गाउँपालिकामा पर्ने देउपुर-पुर्णगाउँ-घुरूङ्गा सडकका लागि पनि तीन करोड रूपैयाँ विनियोजन भएको छ। यो योजनामा चालु आर्थिक वर्षको बजेटमा एक करोड ६२ लाख रूपैयाँ विनियोजन भएको थियो। 

फलेवास नगरपालिकामा रहेको लिमठाना-अर्चले-भँगरा सडकका लागि पनि तीन करोड रूपैयाँ बजेट थप भएको छ। कालोपत्रको काम भइरहेको यो सडकमा यसअघि एक करोड ६२ लाख रूपैयाँ विनियोजन भएको थियो। निर्माणाधीन यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडालाई राष्ट्रिय राजमार्गसँग जोड्ने भएको छ।

यसैगरी स्याङ्जा र पर्वत जोड्ने वालिङ-हुवास-सेतीवेणी सडकका लागि चार करोड बजेट थप भएको सांसद गिरीले जानकारी दिए। उनका अनुसार उक्त सडकको अधिकांश भाग कालोपत्र भइसकेको छ भने उरामदेखि सेतीवेणीसम्मको खण्डका लागि बजेट थप भएको हो। यो सडकमा यसअघि एक करोड रूपैयाँ विनियोजन भएको थियो।

पर्वतका सातवटै पालिकासम्म कालोपत्र सडकको पहुँच विस्तार भएको छ। वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुर्‍याउने योजनाअन्तर्गत निर्माणाधीन रहेका सडकलाई पूर्णता दिनका लागि निरन्तर बजेट व्यवस्थापनमा लागेको सांसद गिरीले बताए। अहिले थप भएको बजेट चालु आवभित्रै काम सुरू गर्ने गरी व्यवस्थापन भएको उनले बताए।

सांसद गिरीले भने, 'चालु आवभित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ। कच्ची, जीर्ण र साँघुरो सडकका कारण ग्रामीण क्षेत्रका बासिन्दालाई कृषिउपजको बजारीकरण र आवतजावतमा वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएको छ।'

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले थप भएको बजेटलाई पनि चालु आवभित्रै कार्यान्वयनमा लगिने बताए। डिजाइन, स्टिमेट भइसकेकाले नियमित काम हुने उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, माघ २६ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend