शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

निर्माण व्यवसायीलाई ३० अर्ब रूपैयाँ भुक्तानी गरिएको प्रधानमन्त्री ओलीको दाबी

images
शुक्रबार, माघ २५ २०८१
images
images
निर्माण व्यवसायीलाई ३० अर्ब रूपैयाँ भुक्तानी गरिएको प्रधानमन्त्री ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास-निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन्। 

images
images
images

सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट  छलफल गर्न लागेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रूपैयाँ भुक्तानी गरिएको जानकारी पनि दिए।

images
images

'शुभ बिहानी १ हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ। हाम्रो प्राथमिकता छ थालेको काम सक्ने।'

images
images
images

विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ,' प्रधानमन्त्रीले लेखेका छन्,  'पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन्।' 


प्रकाशित : शुक्रबार, माघ २५ २०८११०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend