बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

यसवर्ष नवलपुरमा ९ करोड रुपैयाँको सुन्तला उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २३ २०८१
images
images
यसवर्ष नवलपुरमा ९ करोड रुपैयाँको सुन्तला उत्पादन

पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागु भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको छ।

images
images

नवलपुर- यसवर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा ९ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भएको छ। जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो। 

images
images
images

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताए। जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागु भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको उनको भनाइ छ। 

images
images

गत वर्ष कुल दुई सय २६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा एक सय ४१ हेक्टर क्षेत्रफलबाट मात्रै आम्दानी लिन थालिएको थियो। जिल्लामा बर्सेनि सुन्तला उत्पादन हुने क्षेत्रफल वृद्धि हुँदै गइरहेको छ। 

images
images
images

'अघिल्लो वर्ष जिल्लामा एक हजार दुई सय २७ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएकोमा यस वर्ष एक हजार चार सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ', सूचना अधिकारी काफ्लेले भने, 'यस वर्ष जिल्लामा सुन्तला खेतीको क्षेत्रफल बढेर दुई सय ५६ हेक्टर पुगेकामा एक सय ६१ हेक्टरमा सुन्तला उत्पादन हुन थालेको छ।' 

'जोन लागु भएपछि किसानले बिरुवामा अनुदानसहित यान्त्रिक तथा प्राविधिक सहयोग पाउने गरेका छन्', उनले भने, 'यसै कारण पहाडी क्षेत्रमा अन्य खेतीबाट खासै उत्पादन नहुने भएकाले किसानहरु सुन्तला खेतीतर्फ आकर्षित भएका हुन्।'

जिल्लाको बौदिकाली र बुलिङटार गाउँपापलिका तथा गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ। जिल्लामा तीन हजार दुई सय किसानले सुन्तला खेती गर्दै आएका सूचना अधिकारी काफ्लेले बताए। रासस


प्रकाशित : बुधबार, माघ २३ २०८११०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend