मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

नेपालगञ्ज, विराटनगर, भरतपुर र भोजपुर विमानस्थलको टर्मिनल भवन निर्माणमा कति भयो प्रगति?

images
मंगलबार, माघ २२ २०८१
images
images
नेपालगञ्ज, विराटनगर, भरतपुर र भोजपुर विमानस्थलको टर्मिनल भवन निर्माणमा कति भयो प्रगति?
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका आन्तरिक विमानस्थलमा रहेको पुराना टर्मिनल भवनको सट्टामा नयाँ सुविधासम्पन्न भवन बनाउने योजनाअनुसार धमाधम टर्मिनल भवन निर्माणको काम गरिरहेको छ।

images
images
images

विमानस्थलको स्तरोन्नति तथा विकासका लागि प्राधिकरणअन्तर्गतको एरोड्रोम इन्जिनियरिङ विभागले काम गरिरहेको छ। विभागका प्रमुख बाबुराम शर्मा पौडेलका अनुसार अहिले चारवटा आन्तरिक विमानस्थलमा धमाधम काम भरहेको  छ।

images
images

दुईवटा विमानस्थलको टर्मिनल भवन निर्माणको काम अन्तिम चरणमा प्रवेश गरिसकेको छ भने दुईवटामा पनि धमाधम काम भइरहेको छ।

images
images
images

प्राधिकरणले नेपालगञ्ज विमानस्थलमा निर्माण भइरहेको आधुनिक तथा सुविधा सम्पन्न टर्मिनल भवन निर्माणको काम अन्तिम चरणमा प्रवेश भइसकेको जनाएको छ।

३ अर्ब ९ करोड रुपैयाँ खर्चेर नेपालगञ्ज विमानस्थलमा टर्मिनल भवन निर्माणको काम भइरहेको छ। पौडेलका अनुसार अहिलेसम्म ७० प्रतिशत काम भइसकेको छ। टर्मिनल भवनको संरचना निर्माणको काम सम्पन्न भइसकेको र अहिले फिनिसिङको काम सुरु भएको उनको भनाइ छ।

टर्मिनल भवन निर्माणको जिम्मा शर्मा एण्ड कम्पनीले पाएको छ। नयाँ बन्ने भवनको क्षमतामा पिक आवरमा प्रतिघण्टा १६ सय यात्रुको हुने छ। भवनमा बालबालिकाका लागि खेल्ने ठाउँसमेत निर्माण हुनेछ। भवन कुल १३ हजार १ सय ४४ वर्गमिटरमा निर्माण हुनेछ। साथै पार्किङ, पहुँच मार्ग र ल्यान्ड स्केपिङ आदिको संरचना निर्माण हुने छ।

भवनमा व्यवसायिक प्रयोजनका लागि धेरै ठाउँ राखिएको छ। भवन मूलतः आन्तरिक हवाई यात्रुका लागि डिजाइन गरिए तापनि क्रस बोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर आन्तरिक तथा अन्तराष्ट्रिय हवाइ यात्रुलाई समेत सोही भवनबाट सुविधा दिन सकिने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

airport terminal 1.jpg

नेपालगञ्ज विमानस्थल खजुराबाट सन् १९६१ देखि सञ्चालनमा आएको थियो। सन् १९८० मा राँझामा सारी हाल कर्णाली तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा तथा पोखरा विमानस्थलमा समेत हवाई सेवा दिँदै आएको छ। हाल विमानस्थलको धावनमार्ग १५०० मिट बाट २०० मिटर थप गरि १७०० मिटर बनाइएको छ। रन-वे लाइट र ओभर-ले समेत सम्पन्न भएको छ भने ६ वटा एटीआर वा सोसरहको जहाज पार्क गर्नको निमित्त रिजिट एप्रोनको निर्माणसमेत सम्पन्न भइसकेको छ। 

यसैगरी प्राधिकरणले देशभरमै आन्तरिक विमानस्थलहरुमध्ये सबैभन्दा ठूलो टर्मिनल भवन विराटनगर विमानस्थलमा निर्माण गरिरहेको छ। ३ अर्ब १२ करोड ९९ लाख रुपैयाँमा भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भइ काम भइरहेको छ।

पौडेलका अनुसार अहिलेसम्म विमानस्थलको टर्मिनल भवन निर्माणमा ४५ प्रतिशत काम भइरहेको छ। नयाँ टर्मिनल भवनभित्र पार्किङको सुविधासहित १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट र मिडिया कन्फ्रेन्स हल बन्दै छ। तीनवटा भीआईपी कक्ष, मातृशिशु कक्षसहितको सुविधासम्पन्न भवन बनिरहेको उनले बताए।

airport terminal 2.jpg

यसैगरी चितवनको भरतपुर विमानस्थलमा पनि नयाँ सुविधासम्पन्न आधुनक प्रविधिको नयाँ टर्मिनल भवन निर्माणको काम धमाधम भइरहेको छ। दुई दशकअगाडि निर्माण भएको टर्मिनल भवनको विकल्पमा नयाँ टर्मिनल भवन निर्माण भइरहेको छ। प्राधिकरणले  करबाहेक १ अर्ब ७० करोड रुपैयाँमा भवन निर्माणका लागि निर्माण कम्पनीसँगसम्झौता गरेको थियो।

निर्माण कम्पनीसँग तीन वर्षभित्र भवन निर्माण गरिसक्नु पर्ने गरी सम्झौता भएको थियो। निर्माणको जिम्मा केसी क्षमा देवी प्रतिष्ठा जेवीले पाएको छ। विमानस्थलमा सिवानी एयरको ह्याङगर रहेको ठाउँमा टर्मिनल भवन निर्माण हुने छ। ४ हजार ८ सय स्क्वायर मिटर क्षेत्रफलमा २ तले भवन निर्माण हुने छ।

टर्मिनल भवनको कुल स्पेस भने ८ हजार स्क्वायर वर्ग मिटरभन्दा बढी हुने छ। अहिले भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणको काम ४० प्रतिशत सम्पन्न भइसकेको छ। पौडेलका अनुसार अहिले धमाधम टर्मिनल भवनको स्ट्रक्चर निर्माण भइरहेको छ।

यसैगरी प्राधिकरणले भोजपुर विमानस्थलमा पनि टर्मिनल भवन निर्माणको काम गरिरहेको छ। भोजपुर विमानस्थलको टर्मिनल भवन निर्माणको काम अहिलेसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ। विमानस्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा प्रवेश भइसकेको र फिनिसिङको काम पनि लगभग सकिइसकेको छ।


प्रकाशित : मंगलबार, माघ २२ २०८१११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend