शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पाथीभरा केबलकार निर्माण विवाद : आन्दोलनरत पक्षले पनि बनायो वार्ता समिति

images
सोमबार, माघ २१ २०८१
images
images
पाथीभरा केबलकार निर्माण विवाद : आन्दोलनरत पक्षले पनि बनायो वार्ता समिति

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार वार्ता समिति गठन गरेपछि आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरणका लागि समिति गठन गरेको हो।

images
images

काठमाडौं- सरकारले वार्ता समिति गठन गरेसँगै पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको समूह वार्ताका लागि तयार भएको छ।

images
images
images

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार वार्ता समिति गठन गरेपछि आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरणका लागि समिति गठन गरेको हो।

images
images

मुक्कुमलुङ संरक्षक संस्था/राजनीतिक दलहरूद्वारा वार्ता सहजीकरण समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ। आन्दोलनरत पक्षका तर्फबाट प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको हो।

images
images
images

मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङले पाथीभरा क्षेत्रमा केबलकार निर्माण खारेजीको माग गर्दै आन्दोलन गर्दै आएको छ। उक्त समूहले अरुणपूर्व नौ जिल्लामा अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन गरिरहेको छ।

अहिले दुवै पक्ष वार्ताका लागि तयार भएपछि भने पाथीभरा केबलकारमा देखिएको विवाद समाधान हुने अपेक्षा गरिएको छ। 

पाथीभरामा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन पाथीभरामा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

पाथीभरामा केबलकार : विकासमा किन भयो विवाद? पाथीभरामा केबलकार : विकासमा किन भयो विवाद?


प्रकाशित : सोमबार, माघ २१ २०८११७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend