मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

'एरियल बनडल्ड कन्डक्टर'को ठेक्का प्रक्रियाबारे कम्पनीले भन्यो - पछिल्लो समय प्राधिकरणसँग असमझदारी छैन

images
मंगलबार, माघ १५ २०८१
images
'एरियल बनडल्ड कन्डक्टर'को ठेक्का प्रक्रियाबारे कम्पनीले भन्यो - पछिल्लो समय प्राधिकरणसँग असमझदारी छैन

'विगतमा केही असमझदारी भएर काम कारबाही रोकिए पनि पछिल्लो समय उक्त काम अघि बढाउन सबै प्रक्रिया पूरा गरेर सम्झौताको चरणमा रहेको छ' कम्पनीले भनेको छ।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको 'एरियल बनडल्ड कन्डक्टर' (एबीसी) आपूर्तिको समाचारका विषयमा आफूहरूको ध्यानाकर्षण भएको बिकोइ विल्डर्स प्रालिले जनाएको छ। 

images
images
images

ठेक्का प्रकरणमा सेटिङ नमिल्दा न्यायिक निकाय सार्वजनिक खरिद पुनरावलोकन समितिले दिएको आदेशमै कार्यकारी निर्देशक कुलमान घिसिङले अटेर गरेको समाचारका विषयमा आफूहरूको ध्यानाकर्षण भएको र नेपाल विद्युत् प्राधिकरणसँग पछिल्लो समय आफूहरूको कुनै असमझदारी नरहेको बिकोइले जनाएको छ। 

images
images

'समाचारमा हाम्रो यस कम्पनी बिकोइ विल्डर्सलाई पनि जोडेर लेखिएको हुँदा त्यसमा हाम्रो गम्भीर असहमति रहेको जानकारी गराउँदछौँ। नेपाल विद्युत् प्राधिकरणसँग पछिल्लो समय हाम्रो कुनै असमझदारी नरहेको स्पष्ट पार्न चाहन्छौँ। विगतमा केही असमझदारी भएर काम कारबाही रोकिए पनि पछिल्लो समय उक्त काम अघि बढाउन सबै प्रक्रिया पूरा गरेर सम्झौताको चरणमा रहेको छ' कम्पनीले भनेको छ। 

images
images

प्राधिकरणको बोलपत्रअनुसार मन्त्रमसँगको जेभीमा प्रस्ताव पेश गर्ने कम्पनी बिकोइ हो। पहिले काम कारबाही रोकिए पनि अहिले सबै विषय प्रक्रियामा रहेको जनाउँदै समाचारप्रति असहमति जनाएको बिकोइले प्राधिकरणसँग विगतमा समस्या रहेको स्वीकार गर्दै समाचारको पुष्टि गरेको छ। 

'१ अर्ब ६० करोडको ठेक्कामा आफूअनुकूल नभएपछि न्यायिक निकायको बर्खिलापमा कुलमान' शीर्षकमा बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो। खरिद गर्न ठेक्का आह्वान गर्ने र आफूअनुकूल कम्पनी वा आपूर्ति कम्पनी छनोट हुन नसके ठेक्का रद्द गरेर आयोजना नै वर्षौँ लम्याउने काम घिसिङले गरिरहेका छन्।

१ अर्ब ६० करोडको ठेक्कामा आफूअनुकूल नभएपछि न्यायिक निकायको बर्खिलापमा कुलमान १ अर्ब ६० करोडको ठेक्कामा आफूअनुकूल नभएपछि न्यायिक निकायको बर्खिलापमा कुलमान


प्रकाशित : मंगलबार, माघ १५ २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend