बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

नवलपुरका किसान तोरी खेतीप्रति आकर्षित

images
शनिबार, माघ १२ २०८१
images
images
नवलपुरका किसान तोरी खेतीप्रति आकर्षित

गत वर्ष जिल्लामा एक हजार एकसय ७८ हेक्टर क्षेत्रमा तोरी खेती गरिएको थियो। गत वर्षभन्दा यस वर्ष थप १६ हेक्टर क्षेत्रमा तोरी खेती विस्तार भएको छ।

images
images

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन्। केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा वृद्धि भएको छ।

images
images
images

अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।

images

यस वर्ष जिल्लामा एक हजार एकसय ९४ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको उनले बताए। गत वर्ष जिल्लामा एक हजार एकसय ७८ हेक्टर क्षेत्रमा तोरी खेती गरिएको थियो। गत वर्षभन्दा यसवर्ष थप १६ हेक्टर क्षेत्रमा तोरी खेती विस्तार भएको प्रमुख तिवारी जानकारी दिए।

images
images
images

'गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार एक सय ७८ हेक्टर क्षेत्रफलमा तोरी खेती हुँदा एक हजार दुईसय ८३ मेट्रिकटन उत्पादन भएको थियो,' उनले भने, 'आव २०७९/८० मा एक हजार दुई सय ८५ मेट्रिकटन तोरी उत्पादन भएको थियो।'

जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ। प्रतिहेक्टर १.०८ मेट्रिकटनले उत्पादन हुने गरेको तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए।

'तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले जिल्लामा तोरी खेती फस्टाएको छ,' उनले भने, 'तोरी खेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरी खेती गर्नेतर्फ किसानको आकर्षण बढ्दै गएको हो।'

८० देखि ९० दिनमा तोरी खेती तयार हुन्छ। आफैले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलको रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरी खेतीप्रति आकर्षित हुँदै गएका छन्।

बर्सौँदेखि तोरी खेती लगाउँदै आएका कावासोती नगरपालिका-१५ का धनपति अधिकारीले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताए। 'दुई/तीन वर्षदेखि गाउँ घरमा पनि तोरीको माग बढेको छ,' उनले भने, 'घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनि खेती गरेकोमा केही वर्षदेखि गाउँ घरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छौँ।' रासस


प्रकाशित : शनिबार, माघ १२ २०८११२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend