शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने

images
बिहीबार , माघ १० २०८१
images
images
टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमका ग्राहकहरुले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरुले पनि एक्सन स्पोर्टस् एचडी १ मा प्रत्यक्ष हेर्न सक्नेछन्।

images
images

काठमाडौं- पोखराको टाइगर ग्रुपले आयोजना गर्ने गरेको पाँचौँ टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एचडी १ टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

images
images
images

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमका ग्राहकहरुले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरुले पनि एक्सन स्पोर्टस् एचडी १ मा प्रत्यक्ष हेर्न सक्नेछन्।

images
images

माघ २५ देखि फागुन १ गतेसम्म हुने प्रतियोगितामा, पुरुष र महिला दुवै विधामा एक-एक अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ भारत र महिलामा थाइल्याण्डका भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौँ संस्करणमा भाग लिनेएका छन्।

images
images
images

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

महिलातर्फ एपीएफ क्लब, न्यू डायमण्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब रहेका छन्।

सन् २०२० मा टाइगर ग्रुप स्थापना भएदेखि पोखरा रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिताका यस संस्करणमा विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रूपैयाँ, उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ रूपैयाँ र तेस्रो हुने टोलीले एक लाख ८५ हजार ५ सय ५५ रूपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको एमभीपीलाई २५ हजार ७ सय ७७ रूपैयाँ पुरस्कार दिइनेछ। उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षकलगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले जनही १० हजार ५ सय ५५ रूपैयाँ पुरस्कार राशी प्रदान गरिनेछ।


प्रकाशित : बिहीबार , माघ १० २०८११५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend