शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सांस्कृतिक सम्पदाको पुनर्निर्माण कार्यमा तीव्रता, पुस मसान्तसम्म २७ सम्पदाको पुनर्निर्माण

images
बुधबार, माघ ९ २०८१
images
images
सांस्कृतिक सम्पदाको पुनर्निर्माण कार्यमा तीव्रता, पुस मसान्तसम्म २७ सम्पदाको पुनर्निर्माण

चालु आवको ५० हजारमध्ये १० हजार पाना अभिलेखको संकलन, सूचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन मन्त्रालयले गरेको छ।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण कार्यलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा भूकम्पबाट क्षति भएका २५ वटा सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माण कार्य गर्ने भनिएकोमा पुस मसान्तसम्मा २७ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरेको मन्त्रालयले जनाएको छ।

images
images
images

धादिङ, रसुवा, सिन्धुपाल्चोक र दोलखालगायतका जिल्लामा गत आवमा सञ्चालित २४ वटा गुम्बाको पुनर्निर्माण कार्य सम्पन्न गर्नुपर्नेम १३ वटा सम्पन्न भएको र पुरातात्विक स्थल संरक्षण आयोजनाअन्तर्गत निरन्तर कार्य भइरहेकामध्ये आव २०८०/०८१ मा २० वटा सम्पदाको संरक्षण कार्य गर्नुपर्नेमा हालसम्म ४० वटा सम्पन्न भएको सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए।

images
images

त्यसैगरी मन्त्रालयले चालु आवको नीति तथा कार्यक्रम र बजेटअनुसार पर्यापर्यटन प्रवर्द्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्जन पूर्वाधारसहितका ‘इको हिल स्टेसन’ निर्माणको लागि अवधारणा पत्र तयार भइ स्थान छनोटको प्रक्रियालाई अगाडि बढाएको छ।

images
images
images

सहसचिव लामिछानेका अनुसार मन्त्रालयले वायुसेवा कम्पनीको सुरक्षा मापदण्ड परिचालनसम्बन्धी अनुगमन सम्बन्धमा हालसम्म तीन वटा कम्पनीको अनुगमन गरिसकेको छ।

चालु आवको ५० हजारमध्ये १० हजार पाना अभिलेखको संकलन, सूचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन मन्त्रालयले गरेको छ।

त्यसैगरी सिम्रौनगढ क्षेत्रमा रहेका सम्पदाको संरक्षण कार्यत्रलाई निरन्तरता दिने क्रममा मन्त्रालयले बोलपत्रको सूचना प्रकाशन गरी बोलपत्रको मूल्यांकन गरी कार्यादेश प्रदान गरेको छ।

'चालु आवअन्तर्गत लुम्बिनी गुरुयोजनाको पूर्वीविहार क्षेत्रमा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य ६८ प्रतिशत सम्पन्न भएको छ र लुम्बिनी गुरुयोजनाको सांस्कृतिक केन्द्रमा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य र गुरुयोजना क्षेत्रमा विद्युतीकरण गर्ने कार्य ८४ प्रतिशत सम्पन्न भएको छ', सहसचिव लामिछानेले भने। रासस


प्रकाशित : बुधबार, माघ ९ २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend