शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता

images
मंगलबार, माघ ८ २०८१
images
images
धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता

खानेपानीमन्त्री प्रदीप यादवले भने, 'जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप-महानगरपालिकाले गर्नुपर्छ। योजना छनौट भइसकेको छ। दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ।'

images
images

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

images
images
images

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलकामा उनले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिए।

images
images

मन्त्री यादवले भने, 'जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप-महानगरपालिकाले गर्नुपर्छ। योजना छनौट भइसकेको छ। दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ।'

images
images
images

लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, माघ ८ २०८११४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend