सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

images
आइतबार, माघ ६ २०८१
images
images
किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्दछन।  फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी छ प्रजातिका किवीको बिरुवाउत्पादन तथा बिक्री भइरहेको छ।

images
images

काठमाडौं- किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका-२ का लक्ष्मण थापामगरले वार्षिक पाँच लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन्। 

images
images

थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन्।  फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी छ प्रजातिका किवीको बिरुवाउत्पादन तथा बिक्री भइरहेको छ। 
 
उनले आलिताल -२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी-२ कुस्मालीमा पनि स्थापना गरेका छन्। लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवीखेती गर्दै किवीको बेर्नासमेत उत्पादन गरिरहेको बताए।

images
images

फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापाले जानकारी दिए। किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रतिबोट एक सय ५०  रुपैयाँका दरले बिक्री गरिरहेको उनले जानकारी दिए।

images
images

डेढ रोपनी क्षेत्रफलमा उनले किवीको बेर्ना उत्पादन गरिरहेको छ। किवीको बेर्ना जोगाउन एक-एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताए। बेर्ना बिक्री गरेरै वार्षिक पाँच लाख आम्दानी गरिरहेको थापाले आफूले किवीखेती सुरु गर्दा प्रतिबोट पाँच सयका दरले किनेर लगाएको बताउँछन्।

अहिले डडेल्धुरा जिल्लामा ४०-५० किसानले किवीखेती गर्दै आएका छन्। सुरुमा एकपटक लगानी गरेपछि ४०-५० वर्षसम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवीखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए।

उनले भने, 'किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुदाँ त्यसतर्फ किसान बढी आकर्षित भएका छन्।' रासस


प्रकाशित : आइतबार, माघ ६ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend