बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन

images
शनिबार, माघ ५ २०८१
images
images
चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन
फाइल तस्बिर

दूध तथा दूग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ अनुसार सो उद्योगको दूधको गुणस्तर मापदण्ड जाँच गरिएको थियो।

images
images

काठमाडौं- संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्न/किराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल)  उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीव्रता दिएको छ। 

images
images
images

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ति प्रयोगशाला ‘फुडल्याब भ्यान’ मार्फत स्थलगत रुपमा परीक्षण गरिएको सो अनुगमन टोलीमा चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रतिनिधि रहेका थिए।

images

गत पुस २६ गते सो टोलीले अनुगमनका क्रममा चन्द्रागिरि-१२ स्थित बलम्बुमा रहेको ह्वाइट हिमालयन मिल्क प्रालीले बिक्रीवितरणका लागि तयार गरेको दूधको परीक्षण गर्दा अखाद्य बस्तु अर्थात ‘न्युट्रलाइजर पोजेटिभ’भेटिएको र तत्काल ६०० लिटर दूध नष्ट गरेको थियो।

images
images
images

साथै सो उद्योगबाट उत्पादित अखाद्य घिउ, नौनी तथा पनिर अनुगमन टोलीले नष्ट गरेको थियो। नगरपालिकाले सो उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दुईलाख जरिवाना गराइएको जनाइएको छ।

दूध तथा दूग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ अनुसार सो उद्योगको दूधको गुणस्तर मापदण्ड जाँच गरिएको थियो। अनुगमन टोलीले चन्द्रागिरि वडा नं ११, १२ र १४ मा सञ्चालित विभिन्न तोरी मिलको अनुगमन समेत गरेको नगरपालिकाले जनाएको छ।

यसक्रममा ती मिलबाट उत्पादित तेलको गुणस्तर जाँच गर्दा अखाद्यवस्तु मिसावट गरेको नभेटिएको चन्द्रागिरि नगरपालिका उद्योग, वाणिज्य तथा व्यवसाय प्रवर्द्धन शाखाले जनाएको छ। 

संयुक्त बजार अनुगमन टोलीले गत पुसको अन्तिम साता नै चन्द्रागिरि नगरपालिका वडा नं ८ भित्र सञ्चालित केही खानेपानी उद्योगहरुमा आकस्मिक अनुगमन  गरेको  थियो। यस क्रममा पानीको गुणस्तर जाँच गरिएका उद्योगद्वारा उत्पादित पानी मापदण्डभित्रै रहेको भेटिएको थियो। अनुगमनका क्रममा टोलीले पानी भर्न अयोग्य केही बोतल तथा जार नष्टगरेको जनाइएको छ। रासस


प्रकाशित : शनिबार, माघ ५ २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend