बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

लमजुङमा बढ्यो धान उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २ २०८१
images
images
लमजुङमा बढ्यो धान उत्पादन

लमजुङमा साबित्री, रामधान, सुक्खा-१, सुक्खा-२, सुक्खा-३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ।

images
images

लमजुङ- लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ। अनुकूल मौसम, उन्नत जातको धानको बीउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ।  

images
images
images

केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा  नौ हजार तीन सय एक हेक्टरमा धानखेती गरिएकामा ३१ हजार एक सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ। जब कि गत आवमा सोही क्षेत्रफलमा २८ हजार छ सय ४७ मेट्रिटन धान उत्पादन भएको थियो। गत आवको तुलनामा चालु आवमा दुई हजार पाँचसय ११ मेट्रिकटन धान बढी उत्पादन भएको हो।

images
images

केन्द्रका अनुसार आव २०७९/८० मा ३० हजार नौसय ८६ मेट्रिकटन, आव २०७८/७९ मा ३० हजार छसय ९८ मेट्रिकटन, आव २०७७/७८ मा ४४ हजार चारसय २५ मेट्रिकटन, आव २०७६/७७ मा ४४ हजार एकसय ५५ मेट्रिकटन, आव २०७५/७६ मा ४४ हजार पाँचसय ४५ मेट्रिकटन आव २०७४/७५ मा ४३ हजार आठसय ३० मेट्रिकटन धान उत्पादन भएको थियो।

images
images
images

लमजुङमा साबित्री, रामधान, सुक्खा-१, सुक्खा-२, सुक्खा-३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ। रासस


प्रकाशित : बुधबार, माघ २ २०८११०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend