सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

व्यापारमा स्वादको रैथाने ज्ञान : टोखा सडकमा नेवा: खाजा [तस्बिरहरू]

आइतबार, पुस २८ २०८१
व्यापारमा स्वादको रैथाने ज्ञान : टोखा सडकमा नेवा: खाजा [तस्बिरहरू]

रैथाने स्वादका अमूर्त सम्पदा जोगाउन हिजोआज लागिपरिरहेको छ टोखा। काठमाडौंको उत्तरी क्षेत्र टोखामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि टोखा नेवाः सडक खाजा महोत्सव आयोजना भइरहेको छ।

काठमाडौं- गुलियो, नुनिलो, अलिनो, तीतो, पिरो, अमिलो आदिको क्रिया प्रतिक्रियाभन्दा वृहत स्वाद हुन्छ रैथाने खानेकुरासँग। पुस्‍तौँदेखि संस्कृतिसँग जोडिँदै आएका ती स्वादले समाजलाई जीवित राख्ने काम गर्छ। रैथाने स्वाद यस्ता सम्पदा हुन् जसको वैभवले देश चिनिन्छ। 

सामाजिक सञ्जालमा देखिने खानपानका तस्बिर र चर्चा, खानाकै गफ दिने ‘भ्लगर’हरू बढिरहेकै छन्। खानकै लागि यात्रा गर्न तयार हुनेको संख्या बढ्दो छ। यात्रा गर्ने मान्छेसँगै खानाले समेत यात्रा तय गरिदिन्छ। कोसौँसम्म पनि। खाने कुराले सिंगो भूगोललाई परिचित गराइदिन्छ।  

खानाको प्रकृति र स्वाद वातावरण र प्राकृतिक अवस्थासँग जोडिन्छ। परिवारसँग जोडिन्छ। खाना स्वादमार्फत साथी बनिदिन्छ। हुन पनि पीडा कम गराइदिने माध्यम पनि हो स्वाद। स्वादको समिश्रणले यसरी विलय गराइदिन्छ कि त्यो लिन जाने ध्यानमा पुर्‍याइदिन्छ। यस्तोमा सहरी खाजाले छोप्दै गइरहेको स्थानीय परिकारलाई फेरि सहरबासीको जिब्रोसम्म पुर्‍याउन सहज छैन। 

रैथाने स्वादका ती अमूर्त सम्पदा जोगाउन हिजोआज लागिपरिरहेको छ टोखा। काठमाडौंको उत्तरी क्षेत्र टोखामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि टोखा नेवाः सडक खाजा महोत्सव आयोजना भइरहेको छ। हरेक हप्ता शनिबार टोखाका सडकमा स्थानीय स्वादका पारखीहरू भेटिन्छन्। 

टोखा नगरपालिकासहित नेवाः गुठी र टोखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिको व्यवस्थापनमा महोत्सव आयोजना भइरहेको छ। टोखा मूलगेटदेखि गणेशस्थान मन्दिरसम्म सडक खाजा महोत्सवमा स्थानीय परिकारको स्वाद लिन सकिन्छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले धनी टोखामा रैथाले स्वादसँग पर्यटकहरू खुसी देखिन्छन्। 

tokha sadak khaja (3).jpg
tokha sadak khaja (7).jpg
tokha sadak khaja (2).jpg
tokha sadak khaja (4).jpg
tokha sadak khaja (5).jpg
tokha sadak khaja (6).jpg
tokha sadak khaja (8).jpg
tokha sadak khaja (9).jpg
tokha sadak khaja (10).jpg
tokha sadak khaja (11).jpg
tokha sadak khaja (12).jpg
tokha sadak khaja (13).jpg
tokha sadak khaja (14).jpg
tokha sadak khaja (15).jpg
tokha sadak khaja (16).jpg
tokha sadak khaja (17).jpg
tokha sadak khaja (19).jpg
tokha sadak khaja (18).jpg
tokha sadak khaja (20).jpg


प्रकाशित : आइतबार, पुस २८ २०८११३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend