बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाइ केन्द्रलाई सहयोग

images
बुधबार, पुस २४ २०८१
images
images
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाइ केन्द्रलाई सहयोग

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंकले झापाको दमकस्थित अटिजम सिकाइ केन्द्रलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ।

images
images
images

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरुप विभिन्न क्षेत्रमा सहयोग पुर्‍याइरहेको महालक्ष्मी बैंकको दमक शाखाले सरस्वती माध्यमिक विद्यालयले सञ्चालन गरेको उक्त केन्द्रलाई सो सहयोग गरेको हो।

images
images

अटिजम भएका विधार्थीहरुको शैक्षिक क्रियाकलापहरुलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्न बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयको प्रधानध्यापकलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको बैंकले जनाएको छ। 

images
images
images

बैंकका अनुसार हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विधार्थीहरु यस सहयोगबाट प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको जनाएको छ।


प्रकाशित : बुधबार, पुस २४ २०८११५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend