शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपाल-भारत एयर बबल उडान संशोधन : अब दुई देशमा ४ एयरलाइन्सले सातामा ५६ उडान गर्न पाउने

images
मंगलबार, माघ ११ २०७८
images
images
नेपाल-भारत एयर बबल उडान संशोधन : अब दुई देशमा ४ एयरलाइन्सले सातामा ५६ उडान गर्न पाउने
images

काठमाडौं- नेपाल-भारत एयर बबल उडान संशोधन हुने भएको छ। एयर बबल उडान सम्झौतासँगै दुवै देशका वायुसेवा कम्पनीहरूले २८/२८ वटा उडान गर्न पाउने छन्।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले एयर बबल उडान संशोधन गर्नेगरी प्रस्ताव पठाएको बताए।

images

संशोधनपछि भारतीय ३ वटा एयरलाइन्स र नेपालबाट नेपाल एयरलाइन्सले ५६ वटा उडान गर्ने पाउने छन्। यसका लागि अब नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उडान तालिका बनाएर लागु गर्ने छ।

संशोधनपछि भारतको दिल्ली, मुम्बई र बैंग्लोरका उडान हुने छ। जसमा एयर इन्डिया र विस्तारले सातामा ७ वटा र इन्डिगोले सातामा १४ उडान गर्ने छ भने नेपाल एयरलाइन्सले २८ वटै उडान गर्न पाउने छ। नेपाल एयरलाइन्सले अहिले भारतको दिल्लीमा मात्रै उडान गर्दै आएको छ। अब नेपाल एयरलाइन्सले मुम्बई र बैंलोरमा पनि उडान गर्न पाउने छ।

images

नेपाल–भारत एयर बबल उडान पहिलो लहरको कोरोनासँग सुरु भएको थियो। जसमा नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडान गर्दै आएको थियो।


प्रकाशित : मंगलबार, माघ ११ २०७८१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend