बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

भेरी करिडोरको दुनै-लासिक्याप सडक खण्ड : ठेक्का म्याद सकिन लाग्दा १५ प्रतिशतमात्रै काम

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २३ २०८१
images
images
भेरी करिडोरको दुनै-लासिक्याप सडक खण्ड : ठेक्का म्याद सकिन लाग्दा १५ प्रतिशतमात्रै काम

भेरी करिडोर सडक आयोजनाले सडक निर्माणलाई तीव्रता दिन अनुगमन गरिरहेको भन्दै निर्माण कम्पनीले म्याद सकिनलाग्दा पनि कामलाई गति दिन नसकेको आयोजना प्रमुख रञ्जितकारको भनाइ छ।

images
images

काँक्रेविहार- दुनै-लासिक्याप खण्डमा ठेक्काको म्याद सकिन लाग्दा १५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। त्रिदेशीय सडकका रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरमा निर्माण व्यवसायीले समयमा काम नगर्दा अलपत्र परेको हो।

images
images
images

दुनै-लासिक्याप खण्डमा काम नहुँदा सोभन्दा माथिको सडक निर्माणमा बाधा पुग्ने आयोजना प्रमुख सुनील रञ्जितकारले बताए।

images
images

पूर्वसहरी विकासमन्त्री धनबहादुर बुढाले जाजरकोटको तल्लुबगरबाट डोल्पाको सदरमुकाम दुनैसम्म कच्ची सडकमा यातायात सञ्चालनमा आए पनि तल्लुबाट त्रिपुरोकाटसम्म कालोपत्र गर्न स्रोत सुनिश्चित नहुँदा थप समस्या भएको बताउँदै स्रोत सुनिश्चितका लागि पहल भइरहेको जानकारी दिए।

images
images
images

भेरी करिडोर सडक आयोजनाले सडक निर्माणलाई तीव्रता दिन अनुगमन गरिरहेको भन्दै निर्माण कम्पनीले म्याद सकिनलाग्दा पनि कामलाई गति दिन नसकेको आयोजना प्रमुख रञ्जितकारको भनाइ छ।

'डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटरमध्ये २५ किमी कच्ची सडक कटान गर्नुपर्ने छ। दुनै-लासिक्याप खण्डको काम छिटो भएमा सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले जिम्मेवारी लिने सडकको काम अगाडि बढ्ने देखिन्छ', उनले भने। अहिले २५ किमी सडक खण्डभित्र कटानको कामलाई तीव्रता दिन निर्माण व्यवसायीलाई ताकेता गरिएको प्रमुख रञ्जितकारले जानकारी दिए।

माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप-मरिम ७५ किमीमध्ये नेपाली सेनाले ४० किमी कटानको काम गरिसकेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिए। 'दुनै-लासिक्याप खण्ड निर्माण सम्पन्न गर्न सूर्य-श्रेया-शान्ति देवी जेभीसँग एक वर्ष बाँकी छ', उनले भने।

विसं २०८२ पुस १६ गते निर्माण सम्पन्न गर्नेगरी विसं २०७८ चैत १७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तल्लो सडक निर्माण नगरी माथिल्लो खण्ड निर्माणमा सेनाले आवश्यक उपकरण लिन नसक्ने भएकाले तल्लो खण्डको काम एक वर्षभित्र सक्नुपर्ने प्रमुख रञ्जितकारले बताए।

सेनाले निर्माण गर्ने खण्डभन्दा दुनैबाट लासिक्यामअन्तर्गतको सडक यथाशीघ्र निर्माण भएमा माथिल्लो सडक निर्माण गर्न सहज हुने पूर्वमन्त्री बुढाले बताए। भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहन सेवामा सजिलो हुने भएकाले छिन्चु-जाजरकोट-डोल्पा त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको उनको भनाइ छ। 

यो करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ। कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट-डोल्पा सडक निर्माण विसं २०६५ मा सुरु गरेको थियो। ट्रयाक खुलेसँगै सेनाले एक सय १८ किमी सडक विसं २०७६ मा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ। दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको एक सय किमीमध्ये नेपालतर्फ ४० किमी निर्माण भइसकेको छ। दुनैबाट धोसम्म निर्माण हुन बाँकी छ।

जाजरकोटबाट दुनैसम्म बेलिब्रिज निर्माण भएपछि यातायात सेवा सञ्चालनमा आएका छन्। देशको उत्तरी सीमासँग जोडिएको माथिल्लो डोल्पाका तीन गाउँपालिकाका नागरिकलाई नेपालतर्फ सडक सुविधा नहुँदा जिल्ला सदरमुकाम दुनैसम्म पुग्न हप्तादिनसम्म पैदालयात्रा गर्नुपर्ने बाध्यता छ।

दुनैबाट धोसम्मको ५० किमी खण्ड चट्टानैचट्टानले बनेकाले यस खण्डमा पर्ने चट्टान विस्फोट गराउनुपर्ने अयोजना प्रमुख रञ्जितकारले बताए। डोल्पा जडीबुटीको भण्डार भएकाले त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशसहित मुलुकको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको उनले उल्लेख गरे।  

सडक समयमा निर्माण नहुँदा आफूहरूलाई सदरमुकामसम्म पुग्न पनि समस्या भइरहेको काइके गाउँपालिकाका अध्यक्ष अंकद रानाले बताए। दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानीमा समस्या भएको उनको भनाइ छ। भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा खण्डको विभिन्न स्थानमा पुल निर्माण नहुँदा थप सास्ती भइरहेको अध्यक्ष रानाले जानकारी दिए। 

क्याराभान हिराचन जेभीले विसं २०७७ माघ २ गते नलगाड र झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो। रायमाझी क्याराभान जेभीले सोही मितिमा भेरी करिडोरका मैदेखोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको जिम्मेवारी लिएको थियो। 

जाजरकोटबाट दुनैसम्म रहेको एक सय १८ मध्ये ५६ किमी यत्ति बिल्डसले तिव्रताका साथ काम गरिरहेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिए। पुलसहित बाँकी खण्डमा कामलाई तीव्रता दिन सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता दिँदै आइएको उनले बताए। रासस


प्रकाशित : मंगलबार, पुस २३ २०८११०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend