बुधबार, पुस २४ गते २०८१    
बुधबार, पुस २४ २०८१
images
images

चितवनमा बन्दा र काउलीमा देखियो नयाँ रोग, परीक्षणका लागि दोस्रोपटक नमूना पठाइयो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २२ २०८१
images
images
चितवनमा बन्दा र काउलीमा देखियो नयाँ रोग, परीक्षणका लागि दोस्रोपटक नमूना पठाइयो

रोगको नमुना प्रयोगशालामा पठाइएको भएपनि रोग पुष्टि हुन समय लाग्दा किसान चिन्तित भएका छन्।

images
images

चितवन- चितवनमा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने र तन्कने गरेको छ।

images
images
images

कार्यालयका बाली संरक्षण अधिकृत गीता केसीका अनुसार पुसको पहिलो सातादेखि राप्ती नगरपालिका-५ र ८ मा यो रोग देखिएको उनले जानकारी दिए।
 
'रोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकामा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनःपरीक्षणका लागि पठाएका छौँ।'

images

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशालामा परीक्षणका लागि पठाइएको उनले बताए। दोस्रो पटक नमूना पठाउँदा ढुसी हो की भन्ने आए पनि हालसम्म रोग पत्ता लाग्न नसकेको उनले जानकारी दिए।
 
कार्यालय प्रमुख झलकनाथ कँडेलले रोगको नमुना प्रयोगशालामा पठाइएको भएपनि रोग पुष्टि हुन समय लाग्दा किसान चिन्तित भएको बताए। रासस 

images
images


प्रकाशित : सोमबार, पुस २२ २०८११०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend