बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

डेढगाउँ-झ्यालबास सडक, तीन खण्डमा ७३ करोड रूपैयाँ लागतमा काम

images
शनिबार, पुस २० २०८१
images
images
डेढगाउँ-झ्यालबास सडक, तीन खण्डमा ७३ करोड रूपैयाँ लागतमा काम
फाइल तस्बिर
images
images

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ-झ्यालबास सडकको तीन खण्डमा ७३ करोड रूपैयाँभन्दा बढीको लागतमा निर्माणको काम भइरहेको छ। गण्डकी प्रदेश सरकारको लागतमा तीन खण्डमा करिब २६ किलोमिटर सडकको काम विभिन्न चरणमा चलिरहेको पूर्वाधार विकास कार्यालय नवलपुरमा प्रमुख कृष्ण आचार्यले बताए।

images
images
images

गण्डकी प्रदेशले गौरवको योजनामा राखेको कोरला-त्रिवेणी सडक खण्डअन्तर्गत नवलपुरको डेढगाउँ-झ्याबास सडकको तेस्रो खण्डमा हालै १४ करोड ९९ लाख ९६ हजार पाँचसय २८ रूपैयाँको लागतमा काम अघि बढेको लागेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख आचार्यले बताए। करिब पाँच किलोमिटर सडक निर्माण गर्नेगरि काम अघि बढेको उनले बताए।

images
images

डेढगाउँ-झ्यालबास सडकको पहिलो खण्डमा १४ किलोमिटर सडक निर्माण, पक्की नाला बनाउने काम, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने तयारीसहितको भइरहेको कार्यालय प्रमुख आचार्यले बताए। वि.सं २०७९ बैशाखमा सम्झौता भएर पहिलो खण्डको निर्माणको काम चलिरहेको छ। पहिलो खण्डको लाग ३२ करोड २० लाख रूपैयाँ रहेको छ।

images
images
images

यसै सडकको दोस्रो खण्डमा सात किलोमिटर सडक निर्माणको काम चलिरहेको छ। २५ करोड ८६ लाख ९४ हजार रूपैयाँको लागतमा यस खण्डमा वि.सं २०८१ बैशाखमा सम्झौता भएर काम चलिरहेको कार्यालय प्रमुख आचार्यले बताए।

नवलपुरको उत्तरतर्फ डेढगाउँबाट प्रारम्भ हुने यस सडक रुचाङ-झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ। डेढगाउँदेखि झ्यालबाससम्म ४१ किलोमिटर मध्य हाल तीन खण्डमा गरेर करिब २६ किलोमिटर क्षेत्रमा काम अघि बढिरहेको छ। गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमश सबै खण्डको काम अघि बढ्ने कार्यालय प्रमुख आचार्यले बताए।

झ्यालबासदेखि चोरमारासम्म नौ किलोमिटर सडक यस अघिनै निर्माण सम्पन्न भएको छ। चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्किबासबाट त्रिवेणी पुर्‍याउने प्रदेश सकारको लक्ष्य रहेको छ। तर दुम्किबास-त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै पनि काम अघि बढ्न सकेको छैन।

यो सडक नवलपुरको डेढगाउँमा कालिगण्डकी करिडोरमा जोडिन्छ। डेढगाउँबाट भिमाद-खैरेनिटार हुँदै यस सडकले प्रदेश राजधानी पोखरासमेतलाई जोड्दछ। मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस सडकलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। रासस


प्रकाशित : शनिबार, पुस २० २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend