बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १९ २०८१
images
images
समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत
फाइल तस्बिर

त्यसअघि उखु तौल भएको वर्ष दिनसम्म भुक्तानी नपाएर रूदै हिँड्नुपरेको दुःख अहिलेको सहज भुक्तानीले बिर्साइदिएको किसान बताउँछन्।

images
images

महोत्तरी- चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ। जिल्लाको गौशाला-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो।

images
images
images

यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुड्याएका छन्। गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रतिक्विन्टल २० वृद्धि गरेको छ।

images
images

आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो पोख्ने किसानले भुक्तानी भने उद्योगले तौल भएको एक साताभित्रै गरिदिँदा राहत महसुस गरेका हुन्। यसपालि उखुको मूल्य पाँच सय ८५ प्रतिक्विन्टल तोकिएको छ। गत वर्ष यो मूल्य पाँच सय ६५ प्रतिक्विन्टल थियो।

images
images
images

यसबाहेक सरकारले प्रतिक्विन्टल ७० अनुदानवापत दिनेछ। यो अनुदान रकम भने सरकारले दसैँ, तिहार पर्वका बेला पारेर दिँदै आएको छ।

गत मङ्सिर २६ गतेदेखि उखु क्रसिङ थालेको चिनी मिलले यसबीचमा तीनपटक भुक्तानी दिइसकेको छ। 'मूल्यमा त हामी थिचिएकै हौँ, तर भुक्तानी भने उद्योगले निकै सजिलो बनाएको छ, उखु तौल भएको सात दिन नकट्दै हाम्रै खातामा रकम आइसक्छ', भङ्गाहा-४ का किसान अरूण गिरी भन्छन्, 'पछिल्ला दुई वर्षयता सहज हुँदै गएको भुक्तानी प्रक्रियाले नै उखुखेतीमा जाँगर जोडेको छ।'

त्यसअघि उखु तौल भएको वर्ष दिनसम्म भुक्तानी नपाएर रूदै हिँड्नुपरेको दुःख अहिलेको सहज भुक्तानीले बिर्साइदिएको किसान बताउँछन्।

उद्योगले यसपालि क्रसिङ थालेको तीन साताभित्र नै तीनपटक भुक्तानी दिइसकेको छभने चौथोपटकको भुक्तानी दिने तयारी गरेको छ। 'पुस १० गतेसम्म तौल भएको उखुको भुक्तानी भइसकेको छ, अब हामी पुस १५ सम्म भएको तौलको भुक्तानी तयारी गर्दैछौँ', उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला भन्छन्, 'सामान्यतः तौल भएको पाँच-पाँच दिनमा भुक्तानी गर्ने नीति बनाइएको छ।'

चौथोपटकको भुक्तानी भोलिसम्म गरिने उनको भनाइ छ। उद्योगले पुस १० सम्म तौल भएको उखुको जम्मा २५ करोड ६ लाख १३ हजार ९ सय ८६ भुक्तानी गरिसकेको छ।

उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले मूल्यमा आपूmहरूको माग सरकारले नसुनेको गुनासो गर्दै आएका छन्। 'हामीले गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धिको माग गरेका थियौँ, तर सरकारले प्रतिक्विन्टल २० थपेर झारा टारेको छ', उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहा भन्छन्, 'यसमा सरकारले पुनर्विचार गर्नुपर्छ।' 

आर्थिक वर्ष २०८१/८२ मा एभरेष्ट चिनी उद्योगले ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ। यो गत वर्षभन्दा छ लाख क्विन्टल बढी हो। यसपालि उखुको क्षेत्रफल र उत्पादन दुवै बढेको छ।

दुई दशकअघि जिल्लामा १५ हजार बिघामाथि पुगेको उखुखेती भुक्तानी झमेलाले घट्दै गएर तीन वर्षअघि पाँच हजार बिघामा झरेको थियो। उद्योगले भुक्तानी सहज बनाउँदै लगेपछि किसानले फेरि उखुखेती बढाउँदै लगेका छन्। यसपालि नौ हजार बिघामा उखुखेती गरिएको छ। आउने वर्षका लागि माघसम्मै उखु रोपिने हुँदा खेती अझै केही बढ्नेछ। रासस


प्रकाशित : शुक्रबार, पुस १९ २०८१११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend