बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

स्याङ्जाबाट एक अर्ब १२ करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री

images
बुधबार, पुस १७ २०८१
images
images
स्याङ्जाबाट एक अर्ब १२ करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र पाँच करोड रूपैयाँको सुन्तलाको कारोबार गरेको छ।

images
images

वालिङ- यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुईसय रूपैयाँ भित्रिएको हो।

images
images
images

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यसवर्ष २० हजार ८४ दशमलव दुई मेट्रिकटन सुन्तला उत्पादन भएको हो। उत्पादितमध्ये ९० प्रतिशत बिक्री भएको उनले बताए। उत्पादित सुन्तला थोक मूल्यमा प्रतिकेजी ५६ रूपैयाँका दरले बिक्री भएको हो।

images
images

चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुईसय ८० हेक्टरमा विस्तार भएको छ। चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिइन्।

images
images
images

गत आवमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो। गत वर्ष एक हजार नौसय ८७ मेट्रिकटन सुन्तला उत्पादन भएको उनले जानकारी दिइन्। गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो। स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व आठसय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार दुईसय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उनले बताइन्।

विसं २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो। आव २०७५/७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो। सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भइ कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताए। स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन्।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र पाँच करोड रूपैयाँको सुन्तलाको कारोबार गरेको छ। फार्मले भाटभटेनी सुपरमार्केटलगायत व्यावसायिक संघसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ।

फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम २५ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्मका दरले सुन्तला बिक्री गरिरहेको छ। फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी २५ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म कायम भएको छ।

तुलनात्मकरुपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उनले बताए। उनी जिल्लाकै अगुवा सुन्तला किसान हुन्। उनी एक्लैले सुन्तला बेचेर गरेर वार्षिक ६० देखि ७० लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको सोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ। जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेती विस्तार भएको छ। पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन्। रासस


प्रकाशित : बुधबार, पुस १७ २०८११०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend