बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

images
मंगलबार, पुस १६ २०८१
images
images
गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका हुन्। हाल उनी टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक सात लाख रूपैयाँ बचत गर्न सफल भएका छन्।

images
images

दाङ- यहाँको घोराही उपमहानगरपालिका-१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ। बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन्।

images
images
images

भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन्। 'यस वर्ष समयमै उत्पादन गरेकाले  बजारको समस्या छैन', उनले भने, 'यही खेतीलाई निरन्तरता दिने सोचमा छु।'

images
images

रोल्पा रुन्टिगढी गाउँपालिका-७ बाट यहाँ बसाइँ सरी आएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गरे। उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका हुन्। हाल उनी टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक सात लाख रूपैयाँ बचत गर्न सफल भएका छन्।

images
images
images

वार्षिक १८ लाख रूपैयाँको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ। '१० जनालाई रोजगारी दिएको छु',  रोकाले भने, 'पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो।'

मङ्सिरसम्म थोकमा प्रतिकिलो ५० रूपैयाँका दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए। उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गरेका छन्। आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले बताए।

जग्गाको वार्षिक भाडा ९८ हजार रूपैयाँ तिर्ने गरेका छन्। परिवारमा आठ सदस्य छन्। टमाटरखेतीकै कमाइले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेका छन्। गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनी बताउँछन्। रासस


प्रकाशित : मंगलबार, पुस १६ २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend